वीरगञ्ज, २९ चैत । मधेश प्रदेशकै एक मात्रमहानगर पालिका वीरगञ्जको मेयरमा पार्टीले कसैसँग सम्झौता नगर्ने नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले बताएका छन् । पूर्व मन्त्रीसमेत रहेका चौरसियाले वीरगञ्ज महानगरको मेयर पदका उम्मेदवारका लागि काँग्रेसले कसैसँग सम्झौता नगरर्ने जिकिर गरेका हुन्।

siraha pawlik उनले भने, ‘मेयरमा नेपाली काँग्रेस आफै चुनाव लड्छ । पछिल्लो पटक केही प्राविधिक कारणवश पराजित भएको काँग्रेस यसपटक जितेर देखाउनेछ ।’ उनले सहकार्य र प्रतिस्पर्धाको आधारमा गठबन्धन हुने बताउँदै जनता समाजवादी पार्टीले उपमेयरको माँग गरेमा गठबन्धन गरेर जान सकिने संकेत गरेका छन् । उनी थप्छन्, ‘हाम्रो प्रतिस्पर्धा एमालेसँग हैन, अरु कुनै पार्टीसँग हाम्रो प्रतिस्पर्धा छैन । जसपासँगहो, यदि उहाँहरु उपमेयरमा तयार हुनुहुन्छ भने मिलेर जान सकिन्छ।’

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सभापति अर्विन्द गुप्ताले पनि नेपाली काँग्रेसलाई गठबन्धनको कुनै आवश्यक्ता नरहेको बताए । नेपाली काँग्रेस पुरानो र आफैमा सशक्त पार्टी भएको दावीगर्दै क्षेत्रिय सभापति गुप्ताले भने, ‘२०७४ सालको निर्वाचनमा जसपाका मेयरभन्दा काँग्रेसका उपमेयरको भोट बढी आएको कुरा सबैलाई अवगत नै छ । मेयरमा प्राविधिक त्रुटी भएको हो । तर यसपाली हामी पुर्ण रुपमा विश्वस्त छौ, मेयर, उपमेयर मात्रै नभएर अधिकांश वडा तहहरुमापनि काँग्रेसले नै जित्नेछ।’278102246_1071247807081842_5904883143990559740_n

पर्सा जिल्ला नेपालीकाङ्ग्रेसको गढ भएकाले यहाँ गठबन्धनको बैशाखीको सहारा लिनुपर्ने आवश्यक्ता नरहेको गुप्ताको भनाई छ । नेपालीकाङ्ग्रेसको सिद्धान्त बोकेको लोकतान्त्रिक पार्टीले गठबन्धन गरेर अरु पार्टीको चुनावचिन्हमाभोट हाल्ने कामकुनै पनिहालतमानहुने क्षेत्रिय सभापतिगुप्ताको अडान छ।

नेपाली काँग्रेस वीरगञ्ज महानगर समितिका सभापति मणिन्द्रलाल श्रेष्ठले पनि पार्टी यति बलियो अवस्थामाहुँदा गठबन्धनमा जानुले सिङ्गो पार्टीलाई नै पछुताउनुपर्ने बताए । अहिले गठबन्धनको चर्चा चलेपछि वीरगञ्ज महानगरका ३२ वटै वडाका बुथ सभापतिहरुले पनि गठबन्धनको आवश्यक्ता नरहेको भन्दै लिखित रुपमा पत्र पठाएको नगर सभापतिश्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार गठबन्धन भएमा नेपालीकाङ्ग्रेसलाई नै आत्मघाती हुने ३२ वटै बुथ सभापतिहरुको धारणा छ । द नेपाल टपसँग उनले भने, ‘२०३६ सालमा नेपालीकाङ्ग्रेसको जुनअवस्थाथियो, अहिले पुनःत्यस्तै सशक्त र बलियो अवस्थामाहामीफर्किसकेका छौँ । पुनःवीरगञ्जमहानगरसँगै पर्सा जिल्लाकाङ्ग्रेसमय भएको छ ।’ प्राविधिककारणवश भोग्नुपरेको पराजयले धेरै पाठ सिकाएको र यो अवधिमा गरेको मेहनतको फलप्राप्तगर्नुपर्ने बेलामा गठबन्धनको सहारा लिनु नपर्ने श्रेष्ठको भनाई छ।

नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिँह क्षेत्रीभने यस विषयमा केन्द्रदेखि स्थानीयस्तरसम्म छलफल भईरहेको बताउँछन् । ५ दलको सरोकारको विषय भएकाले काँग्रेसको मात्रै सरोकारको विषय नभएको बताउँदै क्षेत्रीले घुमाउरो पारामा गठबन्धनको बचाउ गरेका छन्। जिल्ला सभापति क्षेत्री भन्छन्, ‘अहिले कुनै निर्णय भइसकेको छैन। छलफल जारी छ । केन्द्रले सही निर्णय गर्छ भन्ने विश्वास छ।’

नेपाली काँग्रेस वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ काबुथ सभापति मनोज कुमार महतोले गठबन्धनको चर्चाले कार्यकर्ताहरुमा निराशा छाएको बताए । उनी भन्छन्, ‘अहिले हरेक वडाहरुमा पार्टीको ेबुथ कमिटी छन्। ति सबै कमिटीहरु आफैमा सशक्त र बलिया छन्। त्यसैले कुनै गठबन्धनको सहारा लिनुपर्ने आवश्यक्ता छैन।’ कुनै वडाहरुमा अन्य पार्टीका संगठनसमेत नरहेको अवस्थामा सहजै जीत्ने स्थानलाई पनि गठबन्धन गरेर आत्मसमर्पण गरे जस्तै हुने महतोको तर्क छ।

condolence design copy