वीरगञ्ज, २९ चैत । अभिनेत्री तथा नेतृ रेखा थापाले राप्रपाका नेताहरुलाई भाषणको व्यापार गर्न नआउने बताएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साले मंगलवार वीरगञ्जमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य समेत रहेका अभिनेतृ थापाले राप्रपा सपना देखाउने पार्टी नभएको भन्दै बोलेको कुरा गरेर देखाउने दावी गरिन्।
उनले भनीन्, ‘राप्रपा कुनै सपना देखाउने पार्टी हैन, हामी गरेर देखाउने कुरामा विश्वास गर्छाै। अब देशको परिवर्तन राप्रपाले नै गर्छ।’
आफु मधेशसँग परिचित रहेको बताउँदै थापाले आफ्ना चलचित्रहरुमा पनि मधेशको कथालाई उतारेर दर्शसक्क पुर्याएको बताए । नेतृ थापाले मधेशका महिलाहरु मञ्चमा बसेर नेतृत्वदायी भूमिकामा रहेको हेर्ने चाहाना व्यक्त गरीन्।
देशको सीमा क्षेत्रको संरक्षण गर्न मधेशी समुदायका नागरिकले महत्वपूर्ण भूमिका निर्वाह गरीरहेको नकार्न नमिल्ने थापाको भनाइ छ। कम्युनिष्ट, कांग्रेस लगायतका अन्य दलहरुले वर्षाैदेखि वैचारिक दासी बनाएको आरोप लगाउँदै थापाले देश बेचुवा तथा बिचार बेच्नेहरुको पछि नलाग्न आग्रह गरीन्।
विदेशी दलालहरुसमक्ष लम्पसार पर्ने दलहरुप्रति विश्वास गर्नुको कारण के भन्दै थापाले प्रतिप्रश्न गरीन्। राप्रपाको नेतृत्व परिवर्तन भएपछि देशैभर जनलहर र विशेष गरी युवाहरुको आकर्षण बढीरहेको थापाको जिकिर छ।
देशको विकास र जनताको भलाई चाहने एक मात्र मौलिक पार्टी राप्रपा भएको दावी गर्दै थापाले भनीन्, ‘सीता जन्मिएको भूमिकै महिलाहरु पछाडी पर्नु हाम्रो लागि दुर्भाग्यपूर्ण विषय हो । अँझै पनि दाइजो प्रथाको जरोमा जकडिएको अवस्था छ । त्यसकारण राप्रपाले मात्रै यी समस्याहरुबाट निकास दिन सक्छ।’
विगतमा राजा महेन्द्रले दुरदर्शी ढंगले ५ विकास क्षेत्रको विकास गरेको स्मरण गर्दै थापाले अहिले मापदण्ड तथा आधारबिनाको संघियताले परिवर्तन सम्भव नहुने बताइन्।