खाद्यान्न परनिर्भरताबाट जोगिने उपाय खोज्न विभागका महानिर्देशकको ध्यानाकर्षण

    • चैत्र २९, २०७८
    • 351 पटक पढिएको
    • गमक पाेस्ट
    alt

     वीरगञ्ज, २९ चैत। नेपाल चामल, तेल, दाल उद्योग संघले भविष्यमा हुन सक्ने खाद्यान्न परनिर्भरताबाट जोगिने उपायजारे भन्सार विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ । संघका केन्द्रिय अध्यक्ष डा. सुवोध कुमार गुप्ता नेतृत्वको टोलीले विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई उनकै कार्यकक्षमा भेटेर उद्योगी व्यवसायीमैत्री नीति नियम बनेमा मात्र खाद्यान्नमा आत्मनिर्भर बन्ने बताएका छन्।

    277416838_768835344089663_1584470443919949912_n चामल आयातलाई निरुत्साहित गर्नका लागि आयातमा १५ प्रतिशत भन्सार महशुल लगाएर धान आयातमा १ प्रतिशत महशुल लगाउनुपर्ने संघले माँग गरेको छ। दीर्घकालिन समस्या समाधानका लागि धान आयातलाई प्राथमिकता दिएमा रोजगारको सृजना हुने र उद्योग धन्दाहरु फस्टाउने अध्यक्ष डा. गुप्ताले बताए।

    कृषकहरुको उत्पादनले पनि उचित मूल्य पाउने र देशको राजस्व पनि बढ्ने बताउँदै अध्यक्ष डा. गुप्ताले करोडौको लगानीमा स्थापित उद्योगहरु निरन्तर सञ्चालन हुने र देशमा औद्योगिक वातावरणको सृजना हुने जिकिर गरे । त्यसैगरी, संघले दालको कच्चा बस्तु तथा गेडागुडी र तयारी दालमा समान (१० प्रतिशत) भन्सार महशुल कायम गरिएकोमा आपत्ति जनाएको छ ।278102246_1071247807081842_5904883143990559740_n

    नेपालमा दालको उत्पादन न्युन हुने भएकाले आयात गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्र्दै कच्चा दालमा १० प्रतिशत र तयारी दाल आयतमा २० प्रतिशत भन्सार महशुल लगाउनुपर्ने व्यवसायीको माँग गरिएको छ। नेपालमा तोरीको गेडा आयातमा ५ प्रतिशत आयत शूल्क र तेलमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर गर्दा १८ प्रतिशतसम्म कर लाग्ने हुँदा तेल उद्योगीहरु विस्थापित हुनु पर्ने अवस्था आएको डा. गुप्ताले बताए ।

    उनले भने, ‘भारतमा तोरीको तेलमा कुनै पनि कर छैन । ५ प्रतिशत जिएसटी मात्रै लाग्छ । त्यसकाराण नेपालको तराई क्षेत्रमा भारतीय तेलको कब्जा छ ।’ दैनिक उपभोग्य खाद्य वस्तुमा ५ प्रतिशत मात्र कर लाग्ने गरी नीतिको परिमार्जन गर्न संघले विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको हो ।

    संघका अध्यक्ष डा. गुप्ता नेतृत्वको प्रतिनीधि मण्डलमा संघका पूर्व अध्यक्ष कुमुद कुमार दुगड, कार्यालय प्रमुख अजय पराजुली उपस्थित थिए ।

    पक्राउ बिद्यार्थी रि ...

    सर्लाही, २३ सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा ...

    कटारी अस्पतालबाटै सर ...

    उदयपुर, २३ जेठ। उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पता ...

    ठूलो परीमाणमा लागुऔष ...

    सिरहा, २३ जेठ। सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित ...

    दलितलाई राजनीतिमा सम ...

    सिरहा, २१ जेठ। दलितहरुको जनसंख्याको आधारमा समानुपातिक र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल