राजविराज, २५ चैत । नेपाल राष्ट्रिय शिक्षक संगठन सप्तरीको राजविराजमा सम्पन्न १३ औं जिल्ला अधिबेशनले बैधनाथ यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षद्वयमा लक्षण कुमारी यादव र सुर्यनारायण चौधरी, सचिवमा जयराम मण्डल, सहसचिवमा प्रियंका कुमारी यादव तथा कोषाध्यक्षमा रासलाल साहलाई चयन गरेको छ ।
सदस्यहरुमा देवकान्त चौधरी, कमला कुमारी घिमिरे, सिताकुमारी चौधरी, रामनारायण यादव, मनोज अधिकारी, दिनेश झा, रम्भा कुमारी चौधरी, निलम श्रेष्ठ, संजय चौधरी, नरसिंह यादव, गणेबहादुर थापा, उग्रकान्त चौधरी, सुनिता कुमारी साह, सरिता कुमारी साह, रामउदगार यादव, रामकृष्ण साह, अरुण कुमार चौधरी, रामनारायण यादव र मन्जु चौधरीलाई चयन गरेको जनाएको छ ।
यस्तै मौसम बंजारा, योगेन्द्र चापागाई, रामसेवक मण्डल, शिबनाथ चौधरी, मन्जु चौधरी, चन्देश्वर यादव, दिनेश राम, रामनारायण साह, शोभाकुमारी मण्डल, रामपृत साह, ललिता कुमारी यादव, अमृता सदा, धर्मदेव यादव, चन्द्र नारायण यादव र आशाकुमारी चौधरीलाई चयन गरेको जनाएको छ ।
सम्मेलनले केन्द्रीय प्रतिनिधिमा देवप्रसाद यादव, योगेन्द्र प्रसाद साह र माल्ती चौधरीलाई चयन गरेको छ ।