एनएमबि बैंकको विस्तारीत काउण्टर हिमालय सुगर मिलमा, किसानहरु उत्साहित

    • चैत्र २३, २०७८
    • ९३३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिराहा २३ चैत । एनएमबि बैंकले किसान तथा सेवाग्राहिहरुलाई सहज हुने उद्देश्यले नरहा–३, हिमालय सुगर मिलमा विस्तारित काउन्टर संचालनमा ल्याएको छ । हिमालयसुगर मिल्सको तर्फबाट महा–प्रवन्धक अवधकिशोर यादव र एस एनकुशवाहा, एनएमबि बैंक लि.का मधेश प्रदेश प्रमुख कमलपोख्रेलको साथै एरिया म्यानेजरहरु मिथिलेश कुमार झा, कमलेश प्रसाद यादव, अपरेशनम्यानेजर राजकुमार विश्वकर्मा, गोलबजार शाखा प्रबन्धक सरोज यादव, लगायतको उपस्थितिमा आयोजित एक कार्यक्रममाझ सोमवार बाट हिमालयसुगर मिल्स परिसरमा विस्तारित काउण्टरको विधिवत रुपमा उद्घाटन भएको हो ।

    IMG-20220406-WA0000
    उक्त काउन्टरको स्थापनापूर्वनै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जनाउखु किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराइसकेको छ ।
    बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाहगर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्स संग सम्झौता गरि उतm काउन्टर संचालनमा ल्याएको छ ।
    बैैंकका प्रदेश प्रमुख पोख्रेलले नीजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा यस भेगकै प्रतिष्ठित चिनीमिलले बैंकलाई विश्वास गरी सेवाप्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्तगर्दै अव यस विस्तारित काउन्टर बाट नगद र सहीतको सेवालिनहुन पनि सम्पुणर्मा आग्रह गरेका छन् .
    एनएमबि बैंकले यस लगायत हाल देशभरी “ एक्टेन्सन काउन्टरहरु, २ सय एक वटा शाखाहरु र १ सय ३० वटा एटिएमहरु मार्फत उच्चस्तरीय सेवाप्रदान गर्दै आइरहेको छ ।

     

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    छुआछुत विरुद्ध गोलबज ...

    सिरहा, १५ चैत। माँ दुर्गा महिला समुह गोलबजार ५ मगर टोलल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल