वीरगञ्ज, २१ चैत । नेपालको सीमाक्षेत्रका रक्षा गर्ने मधेशी नै सच्चा राष्ट्रवादी भएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । बाराको सिम्रौनगढमा आयोजित नेपाली काँग्रेसका पूराना नेता स्वर्गीय भागवत प्रसाद यादवको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले नेपाली भूमिको सुरक्षा मधेशै दाजुभाई एवम् दिदी–बहिनीले गरीरहेको तथ्य कसैले नकार्न नहुने बताका हुन् ।
सुरक्षाकर्मीलाई पर्याप्त स्रोत साधनको अभाव र सिमित सुरक्षा पोष्टका कारण सीमा क्षेत्रमा बसोबास गरीरहेकाहरुले नै सीमाको पहरेदारी गरीरहेको मन्त्री खाँणको भनाई छ ।
नेपाललाई सबल र समृद्ध बनाउन जात, धर्म एवम् सम्प्रदायभन्दा माथि उठेर एकताको सुत्रमा बाँधिनुपर्नेमा गृहमन्त्री खाँणले जोड दिए । उनले भने, ‘देशलाई बलियो बनाउनका लागि काँग्रेस बलियो हुनु आवश्यक छ । आउने निर्वाचनमा काँग्रेसलाई धेरै भन्दा धेरै ठाउँमा जिताउन सबै लाग्नुहोस् । मधेशको विकास भएपछि देशको विकास हुन्छ । देशको विकासका लागि काँग्रेसले जित्न आवश्यक छ ।’
पहाडी र मधेशीबिचको विभेदलाई हटाएर मधेश प्रदेशलाई उत्कृष्ट एवम् विकसित प्रदेशको रुपमा विकास गर्न काँग्रेसले नै पहल गर्ने पनि खाँणले जिकिर गरे । यहीँ जन्मिएर हुर्किएकाहरुलाई नागरिकताबाट बञ्चित गर्न नहुने बताउँदै गृहमन्त्री खाँणले छिटै नागरिकता सम्बन्धी समस्या समाधान गर्ने बताए ।
अमेरिकी सेना नेपाल आउने कुरा अफवाह हो, भ्रममा नपर्न गृहमन्त्री खाँडको आग्रह
गृहमन्त्री खाडले अर्को प्रसङ्गमा अमेरिकी अनुदान सहयोग एमसीसी सैन्य गठबन्धन नभएर अनुदान भएको पनि उनले स्पट पारे । एमसीसी कार्यान्वयन भएपछि अमेरिकी सेना नेपालमा आउने कुरा अफवाह मात्रै भएकाले भ्रममा नपर्न उनको आग्रह गरे ।
देशलाई सबल बनाउनका लागि एमसिसी पारित गरेको बताउँदै परियोजनाबाट नेपालको वैदेशिकर व्यापार घाटा कम हुने पनि खाँयाको विश्वास छ ।