सिरहा, २१ चैत । नेकपा (एकीकृत समावादी) निकट नेपाल दलित मुक्ति संगठनको मधेश प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्याक्रम महोत्तरीको वर्दिवासमा सम्पन्न भएको छ । भेलाले मिन रहपालको अध्यक्षतामा ५१ सदस्यिय मधेस प्रदेश कमिटी चयन गरेको हो ।
भेला तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी पार्टीका उपाध्यक्ष तथा मेधस प्रदेश इन्चार्ज धर्मनाथ साहले एकीकृत आवाजलेमात्र समाज परीवर्तमा सहयोग पुग्ने बताए । उनले छरिएर रहेका दलितहरु अव एउटै छातामा संगठित भएरमात्र दलितमाथिको विभिभेद कमगर्न सकिने बताए ।
नेपाल दलित मुक्ति संगठनका गणेश विकले आजपनि दलितहरु सहि राजनीतिक विचारमा संगति हुन नसकेको कारण विभेदमा परिरहेको बताए । पार्टीका केन्द्रिय सदस्य तथा मधेस प्रदेशका प्रमुख सचेतक सुन्दर विश्वकर्मा लगाएतले भेलाबाट निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।























