फाईल फोटो ।

चितवन, २१ चैत । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विकको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
भरतपुर महानगरपालिका–२३ मा रहेको निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा हिजो बेलुका विकलाई बाघले आक्रमण गरेको थियो । आफन्तको घरमा बस्दै आएका उहाँलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।