सिरहा, २१ चैत । सिरहाको गोलबजारमा आगामी बैशाख १ गतेबाट गोलबजार फूलबारी रिसोर्ट एण्ड टुरिजम (एफजी टुरिजम) गोलबजार नपा ६ सञ्चालनमा आउने भएको छ । करिव तीन वर्षमा निर्माणकार्य सम्पन्न गर्दै नयाँ वर्ष २०७९ को अवसर पारेर सांगीतिक कार्यक्रमको आयोजना गरि उद्घाटन गर्न लागेको सञ्चालक कृष्णदेव सिंहले पत्रकार सम्मेलनको आयोजना जानकारी दिए ।
उनले उद्घाटन कार्यक्रममा राष्ट्रियस्तरमा परिचित गाएक, नृत्याङणा तथा हास्य कलाकारहरुको उपस्थितिमा मनोरञ्जन प्रदान गर्ने योजना रहेको सुनाए । उद्घाटन कार्यक्रम १ गते र अघिल्लो दिनपनि भव्य सास्कृति कार्यक्रमको आयोजना हुने रिसोर्ट सञ्चालकले बताएको छ ।
गोलबजारको मुख्य चोकदेखि ५ सय मिटर उत्तरमा रहेको रिसोर्ट एण्ड टुरिजममा सभा, सेमीनार, पार्टी, गोठि, मिटिङ् तथा विवाह उत्सहिरुको आयोजना गर्न सकिने सञ्चालक सिंहले बताए । मनोरम तथा शान्त वातावरणमा सवैखालका कार्यक्रम गर्न मिल्ने सभाहल तथा सुरक्षित र सुविधासम्पन्न आवासको व्यवस्था रहेको सिंहले सुनाए ।
करिव एक विगहा क्षेत्रफलमा फैलिएको यस रिसोर्ट रमणिय, स्वक्ष, सुन्दर तथा हरियाली बातावरणमा रहेको छ ।






















