काठमाडौं, २० चैत । भारतको तीन दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलुका काठमाडौं फर्किसकेको छ । देउवा नेपाल एअरलाइन्सको जहाजबाट काठमाडौं अर्केको हो । उनलाई कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण, मन्त्रीहरूलगायतले स्वागत गरेका छन् ।
गएको शुक्रवार भारत गएका देउवाले भारतीय उपराष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गरेको थियो । यस्तै नेपालको बिजुली भारतले किन्ने र बङ्गलादेश तथा भुटानसम्म बेच्ने संरचना निर्माणको विषयमा सम्झौता भएको छ । देउवाले सीमा विवादको कुरा पनि मोदीसँग उठाउनुभएको छ । यस विषयमा मोदीले प्रतिक्रिया नदिए पनि भारतीय विदेश मन्त्रालयले समेत सकारात्मक प्रतिक्रिया दिएको छ । देउवा र मोदीले जनकपुर–जयनगर रेल र सोलु कोरिडोर विद्युत् प्रसारण लाइनको उद्घाटन पनि गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज धार्मिक नगरी वाराणसी पुगेर पूजाआजा गरेको छ । बिहान वाराणसी पुगेका देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए। त्यसपछि देउवाले वाराणसीको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा पूजाआजा गरे ।
प्रधानमन्त्री देउवाले वाराणसीकै ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण हुने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरे। नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपालबाट तीर्थयात्रामा पुग्नेहरूका लागि ३५ कोठे वृद्धाश्रम निर्माण गर्न लागिएको हो । नेपाली शैलीको हुने भवनको पुरातत्त्व विभागले नक्साङ्कनको काम गरिरहेको छ ।