क्यान्सर, मिर्गौला र मेरुदण्ड पक्षघातका बिरामीले मासिक ५ हजार उपचार खर्च पाउने

    • चैत्र १७, २०७८
    • १,२१० पटक पढिएको
    • गमक पाेस्ट

    काठमाडौं, १७ चौच । मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीहरुले अव औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ पाउने भएको छ । सरकारले औषधि उपचार बापत खर्च उपलव्ध गराउने कार्यविधि २०७८ स्वीकृत गरेपछि मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका बिरामीले औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ पाउने भएका हुन् ।
    गएको १३ गतेको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७ सय ५३ पालिकाबाट यो रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ । अब स्थानीय पालिकाले यस्ता बिरामीको लगत संकलन गर्नेछ । लगत संकलन पछि नाम अध्यावधिक गरिने छ र त्यो तथ्याङ्क पालिकाले स्वास्थ्य मन्त्रालयमा पठाउनेछ । त्यसपछि बिरामीको खातामा रकम पठाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए।
    उनलेभन, ‘कार्यविधि पास भएसँगै आउँदो बैशाख महिनादेखि नै यस्ता बिरामीलाई मासिक पाँच हजार रुपैयाँ दिने गरी तयारी भएको छ । तर लगत संकलनका लागि समय लाग्ने र स्थानीय तहको चुनाव पनि नजिकिएकाले बैशाख महिनादेखिनै लागू हुने सम्भावना कम छ ।’
    कार्यविधिअनुसार सरकारले तोकेको मासिक पाँच हजार रुपैयाँका दरले तीन÷तीन महिनाको अन्तिम दिन स्थानीय तहले लाभग्राहीको बैंक खातामा रकम जम्मा गरिदिने छन् ।
    यस्तै, सरकारबाट उपलव्ध ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता दलित भत्ता, पिछडिएको वर्ग भत्ता, अपांग भत्ता पाउनेले यो भत्ता वा उपचार खर्च मध्ये एक रोज्नुपर्ने छ । यस्तै एक भन्दा बढी रोग लागेकाहरुले पनि दोहारो भत्ता पाउने छैनन् । यसअघि २०७४ सालमा सरकारले यी रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ औषधि खर्च दिने घोषणा भएको थियो । तर, चार वर्षसम्म कार्यविधि नबन्दा कार्यान्वयन भएको थिएन  / 

    001 002 004 005 006 007

     

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल