लहान, १४ चैत । मुलुकलाई आर्थिक रुपमा समृद्व बनाउन मधेस प्रदेश सरकारले प्राविधिक शिक्षा क्षेत्रको विकासमा जोड दिईरहेको मुख्यमन्त्री लालबाबू राउतले बताए । लर्ड बुद्ध युनिक एकेडमी लहान ७ को समुदघाटन गर्न आज सिरहा आएका मुख्यमन्त्री राउतले प्रविधिक शिक्षामा जोड दिन प्रदेश सरकारले प्रदेश शिक्षा बोर्ड गठन गरेर आगाडी बढीसकेको उल्लेख गरे ।
उनले मधेस प्रदेश सरकारले जनकपुरमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान सुरु गरिसकेको छ । बिरगंजमा बिज्ञान तथा प्राविधिक विश्वविद्यालय, राजविराजमा कृषि विश्वविधालय सुरुहुने अवस्थामा रहेको बताए ।
मधेस प्रदेशको हरेक जिल्लालाई प्राविधिक शिक्षाको हव बनाउन यस प्रदेश भित्रमा रहेका सक्षम सामुदायिक तथा निजि विद्यालय हरुलाई समेत प्रदेश सरकारबाट प्राविधिक बिधालय संचालन गर्न अनुमति दिने योजनामा मधेस प्रदेश सरकार रहेको सुनाए ।
दलित, मुस्लि , अल्पसंख्यक ,सीमान्तकृत वर्गका बालबालिका अध्यन गर्ने गरि विश्वविद्यालय संचालन गरिएको बताउँदै मुख्यमन्त्री राउतले एक अर्को प्रसंगमा भने, ‘नेपालमा महिलालाई ५० प्रतिशत आरक्षणको गयारेन्टी गर्ने मुलुकमा पहिलो मधेस प्रदेश सरकार मात्र हो । आउने केही बर्षभित्र हरेक सरकारी कार्यालयहरुमा महिलाको ५० प्रतिशत सहभागीता रहने छ । आउने दिनमा हामि सरकारमा नरहेपनि आउने पुस्ताको लागि उक्त बाटो खुल्ला भईसकेको छ ।’
मुख्यमन्त्री राउतलाई एकेडेमीका संस्थापक प्रिन्सिपल संजय कुमार यादवले भब्यरुपमा स्वागत तथा सम्मान गरिएको थियो ।
कक्षा १० सम्म संचालनमा रहेको एकेडेमीमा दक्ष शिक्षकद्वारा अध्यापन भैरहेको छ । सुविधा सम्पन्न तीन तल्ले आफ्नै भवनमा अध्यापन सुरु गरिएको प्रीन्सिपल यादवले बताए ।
समुदघाटन कार्यक्रममा लहान नगरपालिकाका उप( प्रमुख सरियार चौधरी, एकेडमीमा संस्थापक शिव कुमार साह, संस्थापक अध्यक्ष ममता यादव, जसपाका केन्द्रिय सदस्य राजु गुप्ता, जसपाका नेता रामचलितर महतो , नेपाल पत्रकार महासंघाका केन्द्रिय परिषद सदस्य दिनेश्वर प्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष मनोज बनैता यादव , रेडियो नेपालका सिरहा सम्बाददाता संजय विश्वकर्मा, सरगम एफएमका संचालक फिरोज शेख,लगाएको उपस्थिति रहेको थियो ।