सिरहा, १३ चैत । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम गोलबजार नपा ६ वडा भेला सम्पन्न भएको छ । भेलाले लक्ष्मी महतोको अध्यक्षतामा २१ सदसिय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा बादल लामा, दिलिप कुमार साह, सचिव दिनेश आले मगर, उपसचिममा सर्मिला श्रेष्ठ सदाय र रविन्द्र साह निर्वाचित भएका छन् ।
भेलामा प्रमुख अतिथी पार्टीका जिल्ला अध्यक्ष तथा मधेश प्रदेश सरकारका कानुमन्त्री प्रमोद यादवले नवचिर्वाचि वडा समितिको सफल कार्यकालको कामना गरे । उनले पार्टीको सवैभन्दा तल्लो र महत्वपूर्ण इकाई भनेको वडा कमिटि रहेको भन्दै यसलाई जति बलियो र सवल बनायो पार्टी त्यतिनै मजबुत हुने बताए । उनले सिरहा सहित देशैभरी एक नम्वरको पार्टी वनाउँछौं भन्ने योजनासाथ जुट्न अनुरोध गरे ।
पार्टीका केन्द्रिय सदस्य तथा विषिष्ठ अतिथी सत्यनारायाण यादवले पार्टीलाई जरैबाट बलियो बनाउन वडा कमिटीनिर्माणमा विशेष जोड दिनुपर्ने बताउँदै नवगठित कमिटीलाई सफल कार्यकालको शुभकामना दिए ।
पार्टीका जिल्ला उपाध्यक्ष उत्तरवहादुर जर्घा मगर, जिल्ला सचिव सदस्यहरु योगेन्द्र सिंह, जिल्ला सदस्यहरु रविन्द्र साह, नेपाल दलित मुक्ति संगठनका जिल्ला अध्यक्ष शिवराम महरा लगायतले नवगठित वडा कमिटीको कार्यकाल सफलताको कामना गरेका थिए ।
जिल्ला सदस्य सुरेश यादवको अध्यक्षतामा सम्पन्न वडा भेलाको संचालन अमित थापा मगर र स्वागत शिवसरण सदायले गरेका थिए ।