सर्हाही, १३ चैत । सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ र इश्वरपुर नगरपालिका ५ को सीमाना पर्ने फुलजोर पुलबाट ना.४ ख ८५५५ नम्बरको बस पुल तल खसेर दुर्घटना दुर्घटनाहुँदा चार जनाको मृत्यु र तीन दर्जनबढी घाईते भएका हुन् ।
दुर्घटनामा चार जनाको मृत्यु भएको र मृतकको नाम खुल्न नसकेको सर्लाही प्रहरीका सूचना अधिकारी डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पु¥याइएको छ । तिब्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान रहेपनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।