स्रोत नखुलेको ११ लाख नगद सहित एकजना पक्राउ

    • चैत्र १२, २०७८
    • ६३० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १२ चैत । सशस्त्र प्रहरीले सिहाबाट स्रोत नखुलेको ११ लाख २ हजार नौसय पचास रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी वल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी वल नं. ७ गण हेड क्वाटर सिरहाबाट खटिएको टोलिले लहान १ मटिअर्वाबाट भगवानपुर गापा ४ का ४४ वर्षिय दिलिप कुमार साहलाई नियन्त्रणमा लिएको हो ।
    विशेष सुचनाको आधारमा सीमाक्षेत्र भगवानपुरबाट पछ्याउँदै आएका प्रहरीले लहानबाट ८ सय ३ थान हजाका नोट, ४ सय वटा पाँचसयको नोट ९ सय ९९ वटा सयको र एक थान ५० को नोट सहित नियन्त्रणमा लिएको जनाएको छ ।
    नियन्त्रण लिएका साहलाई रकम सहित आवश्यक अनुसान्धान एवम् कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय माडरलाई बुझाएको छ ।
    प्रायः सीमाक्षेत्रका भारतिय बजारमा कारोवार भएको नेपाली रुपैयाँ सिरहाको लहान, गोलबजार, सिरहा सदरमुकामका बैंकमा जम्मा गर्न लिएर आउने जानकारहरु बताउँछन् । भारतीय व्यसायीहरुले नेपालमा रहेका आफन्त वा विश्वासिला व्यसायीहरुको नाममा खाता खोलेर रकम जम्मा गर्ने र एटिएमको माध्यमबट भारतमै रकम निकाल्ने गरेको बताइन्छ ।

    मुक्त हरवाचरवालाई उद ...

    जनकपुरधाम, ८ वैशाख। मधेश प्रदेशका भूमि व्यवस्था, कृषि त ...

    फिल्म ‘पूजार सार्की’ ...

    काठमाडौं, ८ बैशाख। दिनेश राउतको निर्देशनमा बने ...

    सहर फोरह गरेको भन्दै ...

    काठमाडौ, ७ बैशाख। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्र ...

    धनगढीमाईका निजी स्रो ...

    सिरहा, ७ बैशाख। धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल