सिरहा, ९ चैत । सिरहाको मिर्चैया नगरपालिकामा नपा ५ मा संचालित मोहन नमूना मा.वि.(प्राविधिक ) र आधारबुत विद्यालय राघोपुर हटलेटवाले प्राथमिक शिक्षकको करार भर्नाका लागि लिन लागेको परीक्षामा हुलहुज्जत र शिक्षकमाथि हातपात गरेको भन्दै कार्वाहीको माँग सहित आज संयुक्त शिक्षक संघर्ष समिले प्रेस विज्ञप्ती जारी गरेको छ ।
मिर्चैया नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयका शिक्षकहरुले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तीमा गत ६ गते विहान ८ बजे नमूना मा.वि.(प्राविधिक) मिर्चैया र आ. वि. राघोपुर हटलेटवाको प्रा.वि. शिक्षक तृतीय श्रेणीको करार नियूक्तिको लागि परीक्षा लिने तयारी भईरहेको अवस्थामा केही दलका प्रतिनिधी आई अभद्र व्यहार गरेको भन्दै विज्ञप्तीमार्फत कार्वाहीको माँग गरेको हो ।
जारी विज्ञप्तीमा केही राजनितीक दलका अपराधीक प्रतिनिधिहरूले एक्कासी मासमा आई शिक्षक, कर्मचारी, प्र. अ. लगाायत विद्यालयका कर्मचारीमाथि हातपात, गाली गलौज गरी अवद्र व्यहार गरेको र भवनको झ्याल, ढोका, कम्प्युटर आदिमा समेत ढुङ्गा मुडा गरेको उल्लेख गरेको छ ।
विज्ञप्तीमार्फत शिक्षक संघर्या समितिले दोषीमाथी कारबाहीका लागि तीन दिने अलटिमेटम दिएको छ । तीन दिनभित्र कानुनी कारवाही नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
दलिय प्रतिनिधीहरुले सुटुक आर्थिक चलखेलमा नगर प्रमुख र प्रअहरुले शिक्षक भर्ना गर्न लागेको भन्दै परीक्षा अवरोध गरेका थिए । सो क्रममा ७ जना सुरक्षाकर्मी सहित दर्जन बढी शिक्षक तथा सर्वसाधारण घाईते भएका थिए ।