सिरहा, ८ चैत । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनको जिल्ला कार्यकर्ता भेला सम्पन्न भएको छ । सिरहाको धनगढीमाई नपा ११ मा भएको कार्यकर्ता भेलाले शिवराम महराको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । भेलाले शिव सरण सदायलाई सचिव चयन गरेको छ ।
पार्टीका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री रामचन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा मन्त्री यादवले दलित मुक्तिको लागि सम्पूर्ण दलितहरु एक हुनुपर्नेमा जोड दए । उनले दलितहरु छरिएर रहेकाले संविधान र कानुनले दिएको अधिकारपनि प्रयोग हुन नसकेको बताए ।
उनले आफ्नो पार्टी गरिव, दलितको पक्षमा रहेको बताउँदै अधिकारप्राप्तिको लागि दलिहरुआफै संगठित भएर अगाडी बढ्नेपर्नेमा जोड दिए ।
नेपाल दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष तथा पार्टीका केन्द्रि सदस्य श्रीप्रसाद पासवान र संगठनका मधेस प्रदेश अध्यक्ष तथा पार्टी प्रदेश सदस्य मिन रहपालको उपस्थितिमा भेला सम्पन्न भएको थियो । उनीहरुले भेला सफलताको कामना सहित नवगठित समितिलाई कार्यकाल सफलताको कामना गरे ।
प्रदेश सभा सदस्य तथा पार्टीका प्रदेश समिति सदस्य मदनसेन श्रीवास्तव, पार्टीका जिल्ला उपाध्यक्ष उत्तरवहादुर जर्गामगर, धनगढीमाई नगर इन्चार्ज भगलु महतोले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सरस्वती रमतेलले गरेका थिए ।