सिरहा, ७ चैत । नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेलले आफ्नो पार्टीले आशन्न स्थानीयतहको निर्वाचन वहिस्कार गर्ने घोषणा गरेको छ । मधेस प्रदेश कमिटिले आज सिरहाको गोलबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गजजुरेलले भ्रष्ट नेता तथा पार्टीहरुले जनतालाई अनैनितिक बनाउन खोजेको भन्दै ३० बैशाख २०७९ को लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने बताएको हो ।
चुनावको घोषणासँग नेताहरु पैसाको बोरा बोकेर गाउँ पसेको भन्दै नेता गजुरेलले पैसा, मासु र रक्सिमा जनतालाई अलमल्याएर चुनाव जित्ने व्यवस्था अन्त्य नभएसम्म वास्तविक जनप्रतिनिधी चयन नहुने भन्दै आफ्नो पार्टी चुनाव बहिस्कारमा उत्रिएको बताए ।
उनले हामी स्थानीयतह जनप्रतिनिधी विहिन नहोस भन्ने चाहन्नौं तर, स्वतन्त्र, निश्पक्ष, इमान्दार र सहि तरिकाले जनताले आफ्नो मत हाल्ने परिस्थिति राज्यले श्रृजना गर्नुपर्ने बताए ।
नेता गजुरेलले हालै संसदबाट पास भएको एमसीसी परियोजनालाई बैद्धतादिन पनि अहिले चुनावको घोषणा गरेको आरोप लगाए । उनले राष्ट्रघाति एमसीसी परीयोजना अर्कै माध्यमले आउनु पर्ने भन्दै संसदबाट खारेज गर्नुपर्ने पनि बताए ।
नेता गुरेलले आजैबाट आफ्नो पार्टी चुनाव वहिस्कारको आन्दोनमा होमीएको जनाए । उनले पर्चार प्रशार, जुलुस कोणसभा र आवश्यकता अनुसार ठूलासभाहरुको आयोजना गरी जनतालाई सचेत गराउने जनाए । उनलेभने, ‘यो चुनावले जनप्रतिनीधि भन्दा पनि व्यापारी बनाउँछ, अहिले चुनावमा मासु, रक्सि र पैसा दिएर मतकिन्छ, पछि त्यही रकम असुलिमा लाग्छ । यो चुनावले भ्रष्ट व्यापारीमात्र जन्माउँछ, असली जनप्रतिनिधी आउन सक्दैन ।’
सोही क्रममा उनले जनतालाई सचेत गराउँदै गाउँमा पैसा लिएर पुग्नेहरुको पैसा जफत गर्ने समेत उनले जनाए । पहिला हामी पैसा बोकेर भोट किन्नेहरुलाई पहिचान गर्छाैं, प्रशासनलाई खवर गर्दै आवश्यक परे पार्टीले पनि जफत गर्छ ।’
पत्रकारहरुसँग उने आफ्ना वहिस्कारका सवैकार्यक्रमहरु शान्तिपूर्ण हुने प्रतिबद्धता जनाए । नेता गजुरेलले भने, ‘हामी बहिस्कारका सवै कार्यक्रमहरु शान्तिपूर्ण तरिकाले गर्छौ, राज्यले बल प्रयोग गरे त्यसपछिका योजनाहरु अरुपनि हुन सक्छ ।’