सिरहा, ५ चैत । देशैभर एकैपटक बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगको कार्यक्रम अनुसार उम्मेदवारी मनोनय दर्ताका लागि २ दिन छुट्याइएको हो ।
निर्वाचन कार्यतालिका अनुसार वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी, १४ र १५ गते मनोनयपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ ।