वल्ड ह्यापिनेस रिपोर्ट २०२२ः दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल, फिनल्यान्ड लगातार पाँचौँ पटक पहिलो स्थानमा

    • चैत्र ५, २०७८
    • 592 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एजेन्सी

    हेलसेन्की, ५ चैत /  फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो । 

    प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ ।

    सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् । स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्युजिल्यान्ड दशौँ स्थानमा छ । 

    यस्तो छ नेपालको अवस्था 
    नेपाल सूचीको ८५ औँ स्थानमा छ । नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा छ । भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन् । नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश  ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् । श्रीलंका १२६औँ स्थानमा छ भने भारत १३६औँ स्थानमा छ । 

    सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ । अफगानिस्तानपछि सूचीमा लेबनान र जिम्बाबे छन् । सूचीमा नेपालभन्दा तीन स्थानमाथि अर्थात ८२ औँ नम्बरमा चीन छ भने युक्रेनमाथि हमला गरिरहेको रुस ७४ औँ स्थानमा छ । त्यस्तै, रुसी हमलामा परेको युक्रेन १०८ औ स्थानमा छ । 

    ads1 (1)
     

    गोलबजारमा ईंटा उद्यो ...

    सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच ...

    आजबाट इस्लाम धर्मावल ...

    सिरहा, १० चैत। इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सु ...

    प्रतिस्पर्धी जनशक्ति ...

    काठमाडौं, ९ चैत। विज्ञहरूले उच्चशिक्षा सुधार र प्रतिस्प ...

    अलौको महायज्ञ पूजामा ...

    सूर्य वि.क. वीरगञ्ज, ९ चैत्र। गैर दलितहरुको अडान ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल