सिरहा, ३ फागुन । पूर्व मन्त्रि तथा नेकपा माओवादीका नेता महेन्द्र पासपानले ऐतिहासिक जनयुद्धबाट स्थापित पार्टीलाई कसैले कमजोर ठान्नु मुर्खता र ठुलो भुल हुने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिकाद्वारा निर्मित राष्ट्रिय दलित पत्रकार संघ नेपाल शाखा कार्यालयको उद्घाटन तथा लोकसंस्कृतिको जगेर्ना गर्नका लागि आयोजित ‘होलि महोत्सव २०७८’ लाई सम्बोधन गर्दै नेता पासवानले माओवादी पार्टी जनताको मननमा रहेको भन्दै मजोर ठन्नेहरु मुर्ख रहेको बताएका हुन् ।
देशलाई संघिय गणतान्त्रिक व्यवस्थामा ल्याउन ऐतिहासिक जनयूद्ध महत्व पूर्ण भूमिका रहेको बताउँदै नेता पासवानले पछिल्लो ४ वर्षमा भएको कामको मूल्याङ्कन गर्न जनतासँग अनुरोध गरे । ठुलो संघर्ष र चुनौतीहरुलाई सजिलौ सामना गर्दै देशमा यो स्थिती ल्याइ जनतालाई अधिकारसम्पन्न बनाउन पहलकद्मी आफ्नो पार्टीले लिएको नेता पासवानले जिकिर गरे ।
उनलेभने, ‘१० वर्षे जनयुद्धकै परिणाम आज बोल्न सक्ने, लड्न सक्ने र आफ्ना कुराहरु प्रष्टसंग सञ्चार माध्ययमा समेत राख्न सक्ने अधिकार दिलाउने पार्टीलाई कसैले कमजोर ठान्नु ठुलो मुर्खता र भुल हो ।’
नेता पासवानले माओवादी ऐतिहासिक १० वर्षे जनयूद्धको क्रममा जनताको घर–घरमा पुगेको र सबै समुदायको यर्थाथ समस्याहरु बुझेकाले समाधान पनि आफ्नै पार्टीसँग रहेको बताए ।
संघिय व्यवस्थाको परिकल्पना सहित गाउँ गाउँमा सिंहदर बनाउने नारासहित माओवादी अगाडी बढेको नेता पासवानले उल्लेख गरे । समग्र मधेश प्रदेशको द्रुत विकासका लागि माओवादी नेतृत्वमा सरकार निर्माण हुनुपर्ने आवश्यकता रहेकोले मधेशलाई लालकिल्ला बनाउनु पर्ने राय राखे ।
ठग नेतृत्व, सिद्धान्त विनाको राजनीति र पुजिवादीहरुको भिडले देशका दलित, गरिब, सहिद परिवार, आदिवासि जनजाति लगायतका कुनै पनि समुदायको मुक्ति हुन नसकेको भन्दै सवै सोशित पीडित जनतालाई गोलबन्ध हुन आव्हान गरे ।
माओवादी केन्द्र प्रति विश्वास बढ्दै गएको प्रदेश सांसद जगत यादवले बताए । माओवादीसंग देशलाई विकास गर्ने र पीडामा परेका जनतालाई मुक्ति दिने सिद्धान्त भएकाले यसलाई अझ मजबुत बनाउनु पर्ने उनले बताए ।
मधेश प्रदेशमा माओवादी केन्द्रको एकल सरकार भएमात्र समग्र विकास सम्भव् रहेको प्रदेश सांसद दिलिप साहले बताए । उनले भने, ‘हामी द्रुत विकास चाहन्छौ, त्यसैले माओवादीको एकल सरकार चाहिन्छ, त्यसको लागि तपाईहरुको सहयोग आवश्यक छ ।’
कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानको अध्यक्षताको सम्पन्न उद्घाटन कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव, कर्जन्हा नगरपालिकाको उप प्रमुख ज्ञाणु कुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष भोला पासमान लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

pk-farnichar