‘तराई फेशन रन वे’ को उपाधि जिज्ञासा र अणुलाई

    • फाल्गुन ३०, २०७८
    • ४८८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ३० फागुन । तराई मधेश, जहाँ मोडलींग र फेशनको क्षेत्रमा जाने सपना महिलाहरुले सोच्न पनि सक्तैदनथे । घुम्टो ओढेर बस्नुपर्ने बाध्यता, कोही केटाहरुसँग बोलचाल गर्न समेत नपाईने बाहिरी कार्यक्रम, सभा, समारोह त परको कुरा ।
    तर शनिवार वीरगञ्जको ब्रम्हचोकस्थित होटल ओम तथा पार्टी प्यालेसको दृश्य फरक थियो । यसअघि काठमाडांै, पोखरा, चितवन, धरान, बिराटनगर लगायतका शहरमा १ सय भन्दा धेरै फेशन सम्बन्धी कार्यक्रमको आयोजना गरेको ब्राईट ईभेन्ट म्यानेजम्यान्टले तराईमै पहिलो पटक ‘तराई फेशन रन वै’ को आयोजना गरेको थियो । उक्त कार्यक्रममा सहभागिताका लागि आह्वान गर्दा मधेश प्रदेशभित्रका ३५ जनाले रुची देखाएपनि पछि उनीहरुमध्येबाट छनौट गरेर १५ जनालाई गूमिंग र प्रशिक्षण गरिएको कार्यक्रमका आधिकारीक कोरियोग्राफर अर्मान सहनीले बताए ।terai fashin run way
    सहनीले नै ६ जना केटी र ९ जना केटालाई फाइनलका लागि प्रशिक्षण दिएका थिए । तराई मधेशमा पहिलो पटक यो फेशन शो गर्ने आँट गर्नु नै चुनौतीपुर्ण रहेको सहनीको भनाई छ । उनले भने, ‘यहाँ फेशनलाई हेर्न दृष्टिकोण फरक छ । यो क्षेत्रलाई हेयको नजरले हेरिन्छ । सर्वप्रथम सबै क्षेत्रलाई सम्मानजनक दृष्टिले हेर्ने बानीको विकास गर्न यो कार्यक्रमको आयोजना आफ्नै ठाउँमा गरेका हौँ ।’ वीरगञ्जमै जन्मिएर यहीँ हुर्किएका सहनीले उत्कृष्ट फेशन कोरियोग्राफर २०१९, उत्कृष्ट फेशन मोडल २०१९, उत्कृष्ट इभेन्ट म्यानेजर २०२० लगायतका दर्जनौँ उपाधि पाप्त गरीसकेका छन् ।
    फेशन तथा मोडलींगको क्षेत्रमा रुची भएका तराईका युवा युवतीलाई मध्यनजर गर्दै तराईमा कार्यक्रमको आयोजना गरिएको ब्राईट इभेन्ट म्यानेजम्यान्टका प्रमुख कार्यकारी अधिकृत राजन बुढाथोकीले बताए । बुढाथोकी भन्छन्, ‘अभिभावकहरुले बुझ्न आवश्यक छ । आफ्ना छोरा छोरीले जे गर्न रुची राख्छन्, त्यसमै सपोर्ट गर्न सके छोराछोरी पनि खुशी र सन्तानको खुशीमा कसका अभिभावक खुशी हुँदैनन् र ?’
    मिस कस्मो पोलिटल वोल्र्ड २०१९ को उपाधि प्राप्त गर्न सफल टेलिभिजन प्रस्तोतासमेत रहेकी प्रिया रानी लामा र मिस्टर नेपाल आइकोनिक २०१८ कृष्ण श्रेष्ठ (रोबिन) ले निर्णायकको भूमिका निर्वाह गरेका थिए । तराई फेशन रन वै मा जिज्ञासा लामा र अणु पटेल विजयी भएका छन् । यसअघि मिस टिन प्रिन्सेससमेत भईसकेकी लामाले तराई फेशन रन वै को ताज पनि जितेकी छिन् । लामाले भनिन्, ‘मलाई सानैदेखि फेशन र मोड्लींगको क्षेत्रमा रुची थियो । तर कहाँ जाने, के गर्ने भन्ने विषयमा अन्जान थिए । विस्तारै यस्ता शोहरुको बारेमा बुझ्दै गए । मिस टिन प्रिन्सेसको उपाधि जितेसँगै अँझै हौसला थपिएको थियो । यो उपाधिले झनै जिम्मेवारी पनि थपेको आभाष गरेकी छु ।’
    कार्यक्रममा संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता अनिल रुंगटा, नागरिक समाजका अगुवा एवम् शिक्षाविद् प्राध्यापक डा. दिपक शाक्य, युवा नेता कञ्चन झा, बासुदेव सहनी लगायतको उपस्थिती रहेको थियो ।
    कार्यक्रमको सहजिकरण सञ्चारकर्मी सूर्यनारायण वि.क. र गंगा श्रेष्ठले गरेका थिए ।

    pk-farnichar GBR

    महोत्तरीका पत्रकार ग ...

    बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रस ...

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल