विवादमा तानिए पवनदीप र अरुणिता

    • फाल्गुन २९, २०७८
    • ६३४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एजेन्सी

    काठमाडौं, २९ फागुन / भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ फेम गायक पवनदीप राजन र अरुणिता काजीलालको जोडीलाई दर्शकले निकै मन पराएका छन् । ‘इण्डियन आइडल-१२’ सकिएको महिनौं बित्दा पनि उनीहरुको लोकप्रियता कम भएकाे छैन । यही जोडी अहिले कानुनी विवादमा तानिएर चर्चामा छन् ।

    दुवैमाथि सम्झौतापछि म्यूजिक एलबम सुट र त्यसको प्रोमोसन नगरेको आरोप लागेको छ । म्यूजिक एलबमको सुटिङ अक्टोपस इन्टरटेनमेन्टले गर्न लागेको थियो । जसका लागि अक्टोपसले सोनी टेलिभिजनसँग एक सम्झौता गरेको थियो ।

    यो सम्झौता अनुसार पवनदीप र अरुणिताले एल्बमका लागि २० गीतको सुटिङ गर्नुपर्ने थियो । तर उनीहरुले एक गीतको सुटिङ गर्न अस्वीकार गरे । सोनी टेलिभिजनले पवनदीप र अरुणिता ‘इण्डियन आइडल’मा प्रतिष्पर्धा गरिरहँदा यो सम्झौता गरेको थियो ।

    यो सम्झौताको बेला गरिएको पत्रकार सम्मेलनमा आयोजकले निकै पैसा खर्च गरेका थिए । पैसा, समय र प्रतिबद्धता गरे पनि पवनदीप र अरुणिताले गीतको सुटिङ रोकेका थिए ।

    सोनी टेलिभिजनले यो मामलामा कुनै पनि प्रकारको एक्सन लिन लागेको खबर गलत भएको जनाएको छ । यो विषयमा पवनदीप र अरुणिताको कुनै प्रतिक्रिया आइसकेको छैन । हाल यो जोडी अमेरिकामा गीतको सुटिङ गरिरहेकाे छ ।pk-farnichar GBR

    सप्तरीका अग्नी पीडित ...

    लहान, २३ बैशाख। सप्तरीको महदेवा १, चिम्टिको आगलागी पीडि ...

    जसपाबाट अलगिएर अशोक ...

    काठमाडौं, २३ बैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालबा ...

    महोत्तरीका पत्रकार ग ...

    बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रस ...

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल