वीरगञ्जमा देखियो बर्डफ्लू, १९ सय कुखुरा नष्ट

    • फाल्गुन २७, २०७८
    • २४१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २७ फागुन । पर्साको वीरगञ्जस्थित एउटा कुखुरा फर्ममा बर्डफ्लू देखिएको छ । पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार वीरगञ्ज महानगरपालिका १५ भेडीयाहीमा सञ्चालित एउटा कुखुरा फर्मका कुखुराहरुमा बर्डफ्लू देखीएको हो ।
    स्थानीय सागिर अन्सारीले सञ्चालन गरेको उक्त कुखुरा फर्ममा रहेका १९ सय वटा कुखुरा बर्डफ्लू संक्रमणका कारण मरेको डिएसपी खनालले जानकारी दिए ।
    ठूलो संख्याका कुखुराहरुमा बर्डफ्लू देखिएपछि फर्ममा रहेका अरु कुखुरा र अन्य बस्तुहरुलाई समेत नष्ट गरिएको छ ।
    पर्सा प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी खनालका अनुसार जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट पशु डाक्टर हरेराम यादवको नेतृत्वमा फर्ममा रहेका जीउँदो ३० वटा कुखुरा, २ हजार पिस अण्डा, ३ सय केजी दाना, ३ हजार थान अण्डाको खाली क्रेट र बर्ड फ्लूका कारण आफै मरेका १९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरिएको छ ।
    कुखुराहरु नष्ट गरेपछि फर्मलाई सिल गरिएको छ । सो स्थानमा रहेका अन्य कुखुरा फर्महरुको पनि अनुगमन र परिक्षण गर्ने तयारी भइरहेको बताइएको छ ।vacancy announcement

     

    सप्तरीको महदेवामा भी ...

    सप्तरी, १८ वैशाख। सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार ...

    इलाम २ मा एमालेका सु ...

    काठमाडौं, १८ बैशाख। इलाम २ बाट नेकपा एमालेका उम्मेदवार ...

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल