वीरगञ्ज कारागारमा निःशूल्क स्वास्थ्य शिविर, ६४ जनाको चेकजाँच

    • फाल्गुन २४, २०७८
    • ३८१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २४ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वीरगञ्ज कारागारमा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वीरगञ्ज युवा समाजले कारागारमा रहेका महिला बन्दीहरुलाई मध्यनजर गर्दै निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
    समाजका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा सम्पन्न शिविरमा कारागारका ६४ जना महिलाहरुले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए । स्त्री तथा प्रसुती रोग विशेषज्ञ द्वय डा. दिप्ती यादव र डा. प्रिती यादवसँगै स्टाफ नर्स सृष्टि बिष्ट, अस्मिता गौतम, स्मृति क्षेत्रीले स्वास्थ्य परीक्षण गरेका थिए ।
    कारागारभित्र रहेका महिलाहरुको स्वास्थ्य अवस्था सम्बन्धमा कसैको ध्यान पुग्न नसकेको भन्दै नारी दिवसकै अवसर पारेर महिला सम्बन्धी रोगहरुको परीक्षण गर्न शिविरको आयोजना गरिएको समाजका अध्यक्ष चौगाईले बताए । सो अवसरमा सेनेटरी प्याडसमेत वितरण गरिएको अध्यक्ष चौगाईले जानकारी दिए ।
    शिविरमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, वीरगञ्ज नर्सिंग क्याम्पसकी प्रमुख सूर्या कोइराला, समाजसेवी एवम् पुर्न जन्म नेपालका प्रमुख कार्यकारी अधिकृत अजितम पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
    कार्यक्रमको सहजीकरण वीरगञ्ज युवा समाजका कार्यवाहक सचिव विवेक कर्णले गरेका थिए ।

    इलाम २ मा एमालेका सु ...

    काठमाडौं, १८ बैशाख। इलाम २ बाट नेकपा एमालेका उम्मेदवार ...

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल