रुसी हमलाको छैटौं दिनः १४ बालबालिकासहित ३५२ को मृत्यु

    • फाल्गुन १७, २०७८
    • ४४१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एजेन्सी

    किभ, १७ फागुन ।  युक्रेनले यही १२ फागुनदेखि सुरु गरेको रुसी हमलामा १४ बालबालिकासहित ३५२ सर्वसाधारण मारिएको दाबी गरेको छ । रुसी तोपले युक्रेनको दोस्रो ठूलो सहर खार्किभका अधिकांश आवासीय क्षेत्रमा हमला गरेको छ । खार्किमा रुसी सेनाको गोलाबारीमा परेर कम्तिमा ११ सर्वसाधारणको मृत्यु भएको छ । 

    रुसले क्षति सामना गरेको पहिलो पटक स्वीकारेको बताइएको छ । रुसी हमलापछि ५ लाखभन्दा बढी मानिस युक्रेन छोडेर छिमेकी मुलुकमा शरण लिइरहेको राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले जनाएको छ । पछिल्लो स्याटलाइट तस्बीरमा युक्रेनको राजधानी किभबाट उत्तरतर्फ रुसी सेना बोकेका कन्भोयका ताँती गुडेको देखिन्छन् । 

    के भन्छन्  पुटिन ?

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन तटस्थ, डिनाजिफाइड (नाजी सोचबाट मुक्त) र निशस्त्र भए मात्रै युक्रेन समस्या समाधान सम्भव हुने बताएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगकाे टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले  रुसले सन् २०१४ मा बिलय गराएको क्रिमियालाई औपचारिक रुपमा मान्यता दिनुपर्ने माग गरेका छन् ।

    यसैबीच, युक्रेन र रुसी वार्ताकार थप छलफलका लागि आ–आफ्ना देशका राजधानी सहरमा फर्किएका छन् । पुनः वार्ताका लागि उनीहरु सम्बन्धित सरकारसँग छलफलमा जुटिरहेका छन् ।

     


    PreviousNext

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल