ब्राजिलको बाढी पहिरोमा कम्तिमा ७१ जनाको मृत्यु

    • फाल्गुन ५, २०७८
    • २४८ पटक पढिएको
    • गमक पाेस्ट

    रियो दि जेनेरियो, ५ फागुन । ब्राजिलमा बाढी र पहिरोमा परेर कम्तिमा ७१ जनाको मृत्यु भएको छ । ब्रजिलको पेट्रापोलिस सहरमा गएको बाढी र पहिरोमा अन्य केही हराइरहेका छन् ।
    रियो दि जेनेरियोको उत्तरमा पहाडमा रहेको सहर अविरल वर्षाले प्रभावित भएको छ । बाढीले पहाडी क्षेत्रका घरहरू पुरिएका छन् भने पानीले सहरका सडकहरू जलमग्न बनेका छन् ।
    । सो सहरका मेयरले आपतकाल घोषणा गरेका छन् । बाढीमा फँसेका मानिसहरको खोजी र उद्दार कार्य तीव्र पारिएको छ ।
    समाजिक सञ्जालमा अपलोड गरिएका भिडयोहरुमा बाढीले ठूलो क्षति पु–याएको र सवारी साधन सडकमा तैरिएको देख्न सकिन्छ । ‘मैले जीवितै पुरिएकी एक किशोरीलाई फेला पारे,’ एक स्थानीय वेन्डेल पिओ लउरेन्सले भने । बाढी पहिरोले प्रभावित क्षेत्र रणभूमि जस्तो बनेको उनले बताए ।
    रसिया भ्रमणमा रहेका राष्ट्रपति जैर बोल्सोनारेले पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराइने बताए । बाढीमा फसेका व्यक्तिको उद्दारका लागि सेना र विशेष समूह परिचालन गरिएको छ ।
    सबैभन्दा बढी प्रभावित क्षेत्रमा ८० घरमा पानी बगेर क्षति पुगेको अनुमान गरिएको छ ।pk-farnichar-gbr

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल