सिरहामा पाँच सय ८१ जनाको बध्याकरण हुँदा एक जना पुरुष परेनन्

    • फाल्गुन २, २०७८
    • ८६६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    साङ्केतिक तस्विर ।

    सिरहा, ३ फागुन । सन्तानको रहर पुगेका दम्पतिको लागि सिरहामा सञ्चालित निःशुल्क परिवार नियोजन (बध्याकरण) शिविरमा पाँच सय ८१ जनाको बध्याकरण हुँदा एक जना पनि पुरुष परेनन् । सिरहाको भलुवाही, औरही गापा , भगवानपुर गापा, धनथढीमाई नपा, गोलबजार नपा, मिर्चैया नपा र कर्जन्हा नपा सहित ६ ठाउँमा आयोजित निःशुल्क बध्याकरण शिविरमा पाँच सय ८१ जना महिलाको मिनिल्याप सेवा लिएको हो ।laxmi lugadhune sabun
    भलुवाहीमा ९४, औरही गापामा ५१ , भगवानपुर गापा एक सय ३, धनथढीमाई नपा ८६, गोलबजार नपा ८६, मिर्चैया नपामा एक सय १२ र कर्जन्हा नपामा ४८ जना महिलाको मिनिल्याप गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका भेक्टर कन्ट्रोलर अधिकृत अन्देश्वर प्रसाद चौधरीले जानकागरी दिए ।
    शिविरमा पुरुषले भने सेवा लिएनन् । पुरुषले बध्याकरण किन नलिएको ? भन्ने गमक पोष्टको प्रश्नमा चौधरीले ‘सामाजिक रितिरिवाज र सहि काउान्सिलिङ नहुँदा पुरुषहरुले बध्याकरण नगराएको हुन सक्छ,’ भन्ने छोटो उत्तर दिए । उनले सिरहामा पछिल्लो तीन वर्षका एक जना पुरुषले पनि बध्याकरण नगरेको जनाए । गत वर्ष पनि ७ सय २३ जनाको मध्याकरण हुँदा एक जना पनि पुरुषले सेवा नलिएको उनले बताए । ७६ सालमा भएको शिविरमा एक जना पुरुषले बध्याकरण गराएको भएपनि उनी जिल्ला बाहिरका कर्मचारी थिए ।
    यता आम पुरुषहरु भने बध्याकरण गर्दा यौन शाक्ति कमजोर हुने त्रासका कारण बध्याकरण गर्न अनिच्छा देखाएको बताउँछन् ।pk-farnichar-gbr

     

    इलाम २ मा एमालेका सु ...

    काठमाडौं, १८ बैशाख। इलाम २ बाट नेकपा एमालेका उम्मेदवार ...

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल