रुसले समुद्री पहुँचमा अवरोध गरेपछि युक्रेनले भन्यो–हामीमाथि मनौवैज्ञानिक दबाब दिन खोजियो

    • माघ २८, २०७८
    • २१७ पटक पढिएको
    • गमक पाेस्ट

    एजेन्स

    किभ, २८ माघ । युक्रेनले आफ्नो समुद्री पहुँचमा रुसले अवरोध सृजना गरेको आरोप लगाएको छ । रसियाली नौ सेनाले पनडुब्बी अभ्यास गर्न लागिरहेका बेला युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले सो आरोप लगाएका हुन् । अजोभ सागर पूर्ण रुपमा बन्द गरिएको र ब्ल्याक सागरलाई रसियाली फौजले करिव करिव पूर्णरुपमा बिच्छेद गरेको विदेशमन्त्री कुलेबाले बताए ।
    रसियाले छिमेकी मुलुक बेलारुसँग सैन्य अभ्यास गर्दैछ । अर्को साता हुने सैन्य अभ्यासका क्रममा क्षेप्यास्त्र प्रहार र गोलाबारी हुनसक्ने भन्दै रुसले तटीय क्षेत्रमा पूर्वचेतावनीसमेत जारी गरेको छ ।
    बेलारुस रुसको निकट छिमेकी हो र उसको युक्रेनसँग लामो सीमा जोडिएको छ । सैन्य अभ्यासलाई फ्रान्सले शितयुद्धपछिकै रसियाको अहिलेसम्मकै ठूलो परिचालन भनेको छ । त्यसले आफूलाई मनोवैज्ञानिक दबाब दिएको युक्रेनले बताउँदै आएको छ ।
    शीतयुद्धयता पहिलोपटक रुसले बेलारुसमा ठूलो संख्यामा सेना परिचालन गरेको भन्दै फ्रान्सले चिन्ता व्यक्त गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले दशकौंमा तनावबीच युरोपले सबैभन्दा ठूलो सुरक्षा संकट सामना गरिरहेको बताएका छन् ।
    रसियाली सैन्य कारबाहीको बढ्दो धम्कीका कारण दर्शाउदै अमेरिकाले बिहीबार आप्mना नागरिकहरुलाई युक्रेन छोड्न अनुरोध गरेको थियो । ‘युक्रेनमा रहेका मानिसहरु व्यावसायिक वा निजी माध्यमद्वारा स्वदेश फर्किनु पर्छ, ’ अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल