अस्पताल निर्माणको लागि करोडौंको जग्गा दान

    • माघ २५, २०७८
    • ३५१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २५ माघ । सिरहाको सखुवानन्कारकट्टी गाँउपालिकामा अस्पताल निर्माणका लागि पाँच दाजुभाईले करोडौंमूल्यको जग्गा दान गरेका छन् । पालिकामा निर्माणहुन लागेको १० शैयाका आधारभूत अस्पताल निर्माणको लागि स्थानीय दोरिक यादव, बद्री नारायण यादव, रामप्रसाद यादव, रामविलास यादव र रामकुमार यादवले एक करोड मूल्य बराबरको १० कठा जग्गा दान गरेका हुन् ।
    आफ्ना पूर्वजहरुको सम्झनामा सवैदाजुभाई मिलेर वर्तमान दरभाउ अनुसार एक करोड मूल्य बराबरको जग्गा दान गरेको रामप्रसाद यादवले जानकारी दिए ।
    जग्गा गर्ने दाताहरुलाई सखुवानन्कारकट्टी गाँउपालिकाले दोसल्लार र कदरपत्र सहित सम्मान गरको छ ।
    सखुवानन्कारकटि गाँउपालिकामा आधारभूत अस्पताल नभएकाले अस्पताल निर्माणका लागि जग्गा दाता खोजी भईरहेको बेला उहाँहरुले जग्गा दिएर पुन्यको कार्य गरेको गाँउपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए । उनलेभने, ‘पालिकामा अस्पताल निर्माणको लागि जग्गा चाहिएको थियो, हामीले खोज्ने कामपनि गरिरहेका थियौं । उहाँहरुले जग्गा दान गर्नुभएर राम्रो काम गरेको छ । त्यसैले पालिकाले सम्मान गरेका हुन् ।’
    पलिकामा अस्पताल नभएकाले सामान्य विरामीको उपचारमालागि समेत स्थानीय १० किलोमिटर टाढा लहान जानुपर्ने बाध्यता रहेकाको छ । अस्पताल निर्माणपछि ग्रामीण भेगका जनतालाई राहत हुने अध्यक्ष यादवले बताए ।

    इलाम २ मा एमालेका सु ...

    काठमाडौं, १८ बैशाख। इलाम २ बाट नेकपा एमालेका उम्मेदवार ...

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल