अमेरिका र ताइवानले गरे १० करोड डलरको मिसाइल सम्झौता

    • माघ २५, २०७८
    • ३६० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, २५ माघ । अमेरिका र ताइवानबीच करिब १० करोड डलरबराबरको मिसाइल सम्झौतालाई राष्ट्रपति जो बाइडेन प्रशासनले स्वीकृति दिएको छ । यो मिसाइल सम्झौताका मुख्य उद्देश्य चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै ताइवानको मिसाइल रक्षा प्रणाली मजबुत पार्नु रहेको छ ।
    अमेरिकी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै मिसाइल सम्झौतालाई स्वीकृति दिइएको जानकारी दिएको हो । चीनको बेइजिङमा यतिखेर शीतकालीन ओलम्पिक खेल आयोजना गरिँदै छ । र, यही कारण त्यहाँ राष्ट्रवादी भावना चरम विन्दुमा पुगेको बताइन्छ ।
    कतिपय रक्षा विश्लेषकहरूका अनुसार, चीनले ओलम्पिक समापनलगत्तै ताइवानमाथि आफ्नो कडा व्यवहार देखाउने छ । चीनले ताइवान आफ्नो हिस्सा रहेको बताउँदै आएको छ । उसले ताइवानलाई आफ्नो अधिकार क्षेत्रभित्र पार्ने सम्भावनालाई कसैले नकार्न सक्दैन । हालै थुप्रैपटक चिनियाँ लडाकु विमानले ताइवानको हवाई क्षेत्रमा अनधिकृत उडान भरेको छ ।
    यही कारण पनि ताइवानले अमेरिकासँग मिसाइल सहयोग मागेको थियो । दुई देशबीचको नयाँ सम्झौताले ताइवानको मौजुदा वायु रक्षा मिसाइल प्रणाली उन्नत बन्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी सरकारले उक्त सम्झौता स्वीकृत गरेकोमा ताइवानको रक्षा मन्त्रालयले धन्यवाद भनेको छ ।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल