सिरहा, २४ माघ । सिरहाको गोलबजारमा सुविधासम्पन्न नयाँ स्वास्थ्य संस्था खुलेको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको गोलबजार नपा ४ दुर्गामन्दिरको दक्षितर्फ रहेको लाइफ लङ्ग हेल्थ केयर प्रा.लि. आजबाट सञ्चालनमा आएको हो ।
अत्याधुनिक मेसिनबाट भिडियो एक्स–रे, ईसीजी, डिजिटल एक्स–रे, प्याथोलोजी, फिजियो थेरापी सेवा उपलब्ध रहेको डा. अजय कुमार जयसवालले जानकारी दिए । दर्जनबढी चिकित्सकहरुबाट विषेशज्ञ सेवा प्रदान गरिने पनि डा. जयसवालले जानकारी दिए ।
स्त्रीरोग विशेषज्ञ डा. गिता यादव, वरिष्ठ जनरल सर्जन डा. भुवन लाल चौधरी, हार्ड जोर्नि तथा नसा रोग विशेषज्ञ डा. अनिल कुमार यादव, बरिष्ठ फिजिसियन डा अरुण कुमार महतो, मेडिकल अफिसर डा. राम चरित्र महतो, जेनरल मेडिसिन डा. पङ्कज साह लागाएतले सेवा प्रदान गर्ने जनाएको छ ।
हेल्थ केयर हाताभित्रै मेडिकल, एम्वुलेन्स सेवा उपलब्ध रहेको जनाएको छ ।





















