खोटाङमा थपिए ३५ संक्रमित, तीन जना संक्रमणमुक्त  

    • माघ ९, २०७८
    • २५१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    खोटाङ, ९ माघ । खोटाङमा एकैदिन ३५ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । आइतबार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, तीन संक्रमित कोरोना संक्रमणमुक्त पनि भएका छन् । कोभिड–१९ को तेश्रो लहरपछि कोरोना संक्रमण भएर निको हुनेको संख्या चार पुगेको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकलपर्सन भिष्म पाण्डेले बताए ।laxmi-lugadhune-sabun 3

    चार जना संक्रमणमुक्त हुँदा जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ९४ पुगेको छ । सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका एक लाख १२ हजार आठ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्यसमध्ये ६६ हजार ६ सय १२ जनाले दोश्रो मात्रा खोप लगाइसकेका छन् । जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित सात अस्पतालमा दुई सय ३४ बेड उपलव्ध छ । यस्तै, एक थान भेण्टिलेटर, सात वटा एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ को प्रथम र दोश्रो लहरमा जिल्लाका तीन हजार ४१ संक्रमितले कोरोना जितेका थिए । यस अवधिमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए । 

    जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भने बेवास्ता भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ । 

    व्यवासायीको माँगप्रत ...

    सिरहा, ७ जेठ। एनआइसी एसिया बैंक गोलबजार शाखाले गरेको बद ...

    गगन थापालाई गिरफ्तार ...

      काठमाडौं, ७ जेठ। नेकपा एमालेका नेता एवं पूर ...

    गृहमन्त्री लामिछानेल ...

    काठमाडौं, ७ जेठ। कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रध ...

    हेलिकोप्टर दुर्घटनाम ...

      काठमाडौँ, ७ जेठ। हेलिकोप्टर ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल