संजय विश्वकर्मा

लहान ४ , माघ । सिरहाको नवराजपुर गाउँपालिकामा भएको छुराप्रहार काण्डको दोसीहरुलाई प्रहरीले हाल सम्म पनि पक्राउ गर्न नसकेको पीडित र पीडितका परिवारले बताएका छन् ।
पीडित परिवारले आफ्नै निवास नवराजपुर गाउँपालिका ४ नहर्निया नयाँटोलमा पत्रकार सम्मेलन यस्तो बताएको हो।
मिति २०७८ पुस २९ गते ८ः ३० बजे राती करिव १० जनाको समुहले नवराजपुर ४ का १५ बर्षिय रामरिझन यादवलाई छुराप्रहार गरेर मरासन्न हुने गरि घाईते बनाएको थियो ।
ज्यानमार्ने उदेश्यले बायाँ हातको पछाडिपट्टी कुहिनामा यादवलाई छुरा प्रहार गरेको पीडित परिवारले पत्रकारलाई जानकारी दिए ।
भोजखाएर आईरहेको बेला उच्च मावी सोनवर्षा स्कुल नजिक समुहगत रुपमा यादव माथी चाकुप्रहार भएको जनाईएको छ । १० जना मध्ये ६ जनालाई चिनेकोले ६ जनाको नाममा पिडितपक्षले ईलाका प्रहरी कार्यालय महेशपुर पत्तारीमा किटानी जाहेरी दिएका छन् ।
नवराजपुर गाउँपालिकाका सन्तोष यादव , कृष्ण मण्डल , बिनोद यादव , रामअधीन यादव , देवराम यादव , रोस्तम मियाँ लगायतको समुहले चाकु प्रहार गरेको जाहेरी दरखास्तमा उल्लेख छ ।
कक्षा १० मा अध्ययनरत पिडित यादवलाई स्कुलको बिषयमा ब्यक्तिगत रिसिवीका कारण उनिहरुले छुरा प्रहार गरेको बताए । पिडितका दाजु दुपेन्द्र यादवका अनुसार चाकुप्रहार गर्ने मुख्य नाईकेको रुपमा नवराजपुर ४ का २४ बर्षिय संतोष यादव रहेको बताएका छन् ।
राजनीतिक संरक्षणमा अपराधीहरु खुल्लेयाम चौक चौराहामा घुमिरहेको पीडित परिवारको कथन छ । हप्ता दिन बित्नलाग्दा समेत ज्यानमार्ने जस्ता अमानवीय प्रकृतिका घटना घटाएका दोसीलाई प्रहरीले कार्वाही गर्न नसक्नु कानुनी राज्यको उपहास भएकोले अविलम्ब कार्वाही गर्न माग गरेका छन् ।
प्रहरीले भन्छन् हामी अनुसन्धान गरिरहेका छौं ।, प्रहरीले जाहेरी दरखास्त दर्ता गर्दैनन् ।, पिडितका ठुलोवुवा जागेश्वर यादवको भनाई छ ।
चाकु प्रहार गरी घाइते बनाईएको पीडित यादव विराटनगरबाट उपचार गराएर अहिले घर फर्किसकेका छन् ।