नारायणी अस्पतालले १ हजार ३७ जनाको निःशूल्कउपचार गरे

    • पुष १८, २०७८
    • ५९० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १८ पुस । वीरगञ्जस्थित नारायणी अस्पतालले चालु आर्थिक वर्षको साउन देखि कार्तिक सम्मको अवधिमा १ हजार ३७ जनाको निःशूल्क उपचार गरेको छ । नारायणी अस्पालको सामाजिक सेवा शाखाले उपलब्ध गराएको चौमासिक प्रतिवेदन अनुसार लक्षित समूहका १ हजार ३७ जनाको निःशूल्क उपचार गरिएको उल्लेख गरिएको छ ।
    प्रतिवेदन अनुसार गरिब ५ सय ८० जना, असहाय ३५ जना, अपाङ्ग ६ जना, ज्येष्ठ नागरिक १४ जना, लैङ्गिक हिंसाबाट पिडित ३१ जना, कुपोषित बालबालिका ४७ जना, थुनुवा कैदी १५ जना, एनआईसियु, पिआईसियुमा २ सय ३४ जना र एचआईभि संक्रमित ७५ जनाको उपचार गरिएको छ ।
    अस्पतालले १ सय ७४ पिन्ट रगत समेत उपलब्ध गराएको अस्पतालको सामाजिक सेवा इकाईमा कार्यरत अधिकृत सोनालाल प्रसाद चौरसियाले जानकारी दिए ।
    चौरसियाका अनुसार ५ सय ८० जना गरिब मध्ये ३ सय १६ महिला र २ सय ६४ जनापुरुष रहेका छन् । उनीहरुको परीक्षणबापत ३ लाख ९४ हजार ८ सय २३ रुपैयाँखर्च भएको छ भने शल्यक्रियामा २ लाख ३८ हजार ५ सय खर्च भएको चौरसियाले जानकारी दिए ।
    यस्तै अन्य खर्चमा २ लाख ५३ हजार २ सय ६ रुपैयाँखर्च भएको प्रतिवेदनमा उल्लेख छ । सबै गरी गरिबको उपचारमा ८ लाख ८६ हजार ५ सय २९ रुपैयाँ, असहायको १७ हजार ५ सय २० रुपैयाँ, अपाङ्गको ३ हजार ८ सय ६ रुपैयाँ, ज्येष्ठ नागरिकको ७ हजार २ सय ८२ रुपैयाँ, लैङ्गिक हिंसामा परेकाहरुको उपचारबापत ४३ हजार ७ सय ५ रुपैयाँ, प्रहरीले ल्याएका थुनुवा कैदीको उपचारमा १७ हजार १ सय १० र एचआईभि संक्रमितहरुको उपचारमा १ लाख १८ हजार ४ सय ८५ रुपैयाँखर्च भएको छ ।
    १ सय ७४ जनालाई रगत उपलब्ध गराउँदा १ लाख ८६ हजार रुपैयाँ, र एनआईसियु तथा पिआईसियुमा गरिएको उपचारमा ३ लाख ५६ हजार ९ सय ९९ रुपैयाँखर्च भएको छ । उक्त बजेट अस्पताललाई नेपाल सरकारले उपलब्ध गराउने चौरसियाले बताए ।
    सहजकर्ता ममता महतोले तयार पारेको प्रतिवेदन अनुसार शहिद परिवार, महिला स्वास्थ्य स्वयमसेविका, सिमान्तकृत तथा लोपोन्मुख आदिबासीजनजाती, विपदए एवम् प्राकृतिक प्रकोपमा परेको र गरिब तथा विपन्न (आकस्मिक बिरामी) भने कोहीपनि परीक्षणका लागि आएका छैनन् ।
    लक्षित समुहको लागि निःशूल्कउपचार गराउने कार्य अत्यन्तै सह्रानीयभएको बताउँदै अधिकृत चौरसियाले यो सेवाबाट धेरै लक्षित समुह लाभान्वित भईरहेको बताए । आगामीदिनमा सेवालाई अँझै प्रभावकारी बनाउनुका साथै ग्रामिण क्षेत्रका नागरिकलाई पनि स्वास्थ्यको पहुँचसम्म पु¥याउनुपर्ने चौरसियाले जानकारी दिए ।
    लक्षित समुह पहिचानका लागि राज्यले कुनै ठोस परिचयपत्रको व्यवस्था नगरेको हुँदा हालका लागि स्थानीयतहको सिफारिसका आधारमा सेवा प्रवाह भईरहेको चौरसियाको भनाई छ ।
    अस्पतालले लक्षित समुहलाई दिने निःशूल्क सेवा सम्बन्धमा नागरिक बडा पत्र राख्ने, प्रचार प्रसार गर्ने लगायतका योजना रहेको पनिउनले बताए ।
    हाल सामाजिक सेवाइकाई शाखाबाट दैनिक औषतमा १० जनासम्म सेवाग्राहीले सेवालिईरहेका छन् ।

    pk-farnichar-gbr 1

     

    व्यवासायीको माँगप्रत ...

    सिरहा, ७ जेठ। एनआइसी एसिया बैंक गोलबजार शाखाले गरेको बद ...

    गगन थापालाई गिरफ्तार ...

      काठमाडौं, ७ जेठ। नेकपा एमालेका नेता एवं पूर ...

    गृहमन्त्री लामिछानेल ...

    काठमाडौं, ७ जेठ। कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रध ...

    हेलिकोप्टर दुर्घटनाम ...

      काठमाडौँ, ७ जेठ। हेलिकोप्टर ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल