सिरहाका सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’

    • पुष १३, २०७८
    • ६०४ पटक पढिएको
    • न्युज कारखाना
    alt

    लन्डन, १३ पुस । बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साहले अर्को विश्वविख्यात उपाधि जितेका छन् । बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका हुन् ।

    सिरहाका ३४ वर्षीय शाहले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेँडाको चट्नी, कटहर पोलेको, मालपुवा, बुनियाजस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए । विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टलाई पुनः अवसर दिँदै सो प्रतिस्पर्धा गराइएको हो ।

    प्रतिस्पर्धामा सन् २०१७ का फाइनलिष्ट जेमी पार्क र सन २०२० का फाइनलिस्ट सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली सहभागी थिए । साहले भविष्यमा सेन्टर लण्डनमा नेपाली परिकारका खानासहितको रेष्टुरेन्ट खोल्ने घोषणा गरेका छन् ।

    उनले नेपालका विभिन्न भेग तथा जातजातिका मौलिक खाना तथा मसलाको अध्ययन गरेर 'आयला' नामको पुस्तकसमेत प्रकाशन गरेका छन् ।

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल