फ्रान्समा दैनिक संक्रमित एक लाख नाघे

    • पुष १२, २०७८
    • ४८१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एजेन्सी

    पेरिस, १२ पुस । फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै संख्यामा कोभिड संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा एक लाख चार हजार ६११ संक्रमित भेटिएका छन् । यो फ्रान्समा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो ।  

    अधिकारहीहरुका अनुसार तीन हजार २८२ जनाको आइसीयूमा उपचार भइरहेको छ । ओमिक्रन भेरियन्ट बढेसँगै संक्रमितको संख्या पनि तीब्र वढिरहेको छ । कोभिड नियन्त्रणका लागि सरकारले खोप पासको अवधारणा ल्याउन खोजेको छ । फ्रान्समा अहिलेसम्म ७६ दशमलब ५ प्रतिशतले कोभिड खोप लगाएका छन् ।

    बुस्टर डोज लगाएका व्यक्तिलाई मात्र खोप पास दिइने तयारी भएको सरकारले जनाएको छ । क्याफे, रेस्टुरेन्ट र सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि खोप पास अनिवार्य पारिन लागिएको अधिकारीहरुले बताएका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय यात्रामा पनि पास अनिवार्य गरिने भएको छ ।

    फ्रान्समा कोभिडका कारण एक लाख २२ हजार ५४६ जनाको मृत्यु भइसकेको छ । 

    व्यवासायीको माँगप्रत ...

    सिरहा, ७ जेठ। एनआइसी एसिया बैंक गोलबजार शाखाले गरेको बद ...

    गगन थापालाई गिरफ्तार ...

      काठमाडौं, ७ जेठ। नेकपा एमालेका नेता एवं पूर ...

    गृहमन्त्री लामिछानेल ...

    काठमाडौं, ७ जेठ। कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रध ...

    हेलिकोप्टर दुर्घटनाम ...

      काठमाडौँ, ७ जेठ। हेलिकोप्टर ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल