‘आरआरआर’मा आलियालाई अभिनेताभन्दा सर्वाधिक कम पारिश्रमिक

    • पुष १०, २०७८
    • ३२१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एजेन्सी

    काठमाडाैं, १० पुस  ।  फिल्म ‘बाहुबली’ पछि निर्देशक एसएस राजामौली ‘आरआरआर’ लिएर दर्शकमाझ आउदैछन् । यो दर्शकका लागि सन् २०२२ को ठूलो उपहार हुनेछ । आगामी जनवरी ७ मा रिलिज हुने फिल्ममा राम चरण, जुनियर एनटीआर, अजय देवगन, आलिया भट्टजस्ता स्टारको अभिनय छ ।

    मेगा बजेटको भनिएको यो फिल्ममा अभिनेत्री आलियाको पारिश्रमिक प्रमुख तीन अभिनेताको भन्दा अत्यन्तै कम छ । फिल्म स्रोतका अनुसार यो फिल्मका लागि आलियाले जम्मा ९ करोड मात्र पारिश्रमिक बुझेकी छन् ।

    फिल्ममा रामचरणले अल्लुरी सीताराम राजूको भूमिकामा अभिनय गरेका छन् । यो फिल्मबाट उनले ४५ करोड पारिश्रमिक बुझेका छन ।

    अर्का प्रमुख कलाकार जुनियर एनटीआरले फिल्ममा कोमाराम भीको भूमिका निर्वाह गरेका छन् । उनले पनि रामचरणकै अर्थात् ४५ करोड नै पारिश्रमिक लिएका छन् ।

    अभिनेता अजयले फिल्मबाट २५ करोड पारिश्रमिक लिएका छन् । निर्माता तथा निर्देशक राजामौलीले फिल्मको नाफा शेयरको ३० प्रतिशत हिस्सा लिनेछन् ।

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल