प्रदेश जनस्वास्थ्य प्रयोगशाला र मेडिकल स्टोरको शिलान्यास

    • मंसिर २९, २०७८
    • ३८२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुर, २९ मंसिर । स्वास्थ्य क्षेत्रको लागि अत्यावश्यक दुई परियोजनाको आज विशेष समारोहविच शिलान्यास गरेका छन् । प्रदेश सरकारको समन्वय तथा संघीय सरकारको सहयोगमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला एवम् प्रदेश मेडिकल स्टोर भवनको शिलान्यास भएको हो ।
    जनकपुर उपमहानगरपालिका १४ मुजेलियामा ग्रामीण प्रशिक्षण केन्द्र हाता भित्र निर्माण हुन लागेको उक्त भवनहरुको संघीय शहरी विकास मन्त्री रामकुमारी झाँक्री, मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवल किशोर साहले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
    त्यसै गरि उनीहरुले सोही परिसरमा निर्मित कोरोना खोप भण्डारण गृहको भने उद्घाटन समेत गरे ।
    ७ करोड २७ लाख लागतमा निर्माण हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाको साढेतीन तल्ले भवन २०८० साल बैशाख ९ गते भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने चार करोड ४२ लाखमा निर्माण हुने प्रदेश मेडिकल स्टोर समेत डेढ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
    उद्घाटन तथा शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतले शिलान्यास गरिएका भवनहरु तीनै तह बीचको समन्वय र सहकार्यको अनुपम उदाहरण भएको बताए ।
    उनले स्रोत साधनको आभावमा समेत कोभिड १९ विरुद्ध प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले खेलेको भूमिकाको प्रशंसा गर्नु हुँदै नयाँ भवन निर्माण पछि प्रयोगशाला थप सशक्त हुने विश्वास व्यक्त गरे ।
    सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि संघीय सहरी विकास मन्त्री रामकुमारी झाँक्री, समाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सत्रुधन महतो सहितका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

    व्यवासायीको माँगप्रत ...

    सिरहा, ७ जेठ। एनआइसी एसिया बैंक गोलबजार शाखाले गरेको बद ...

    गगन थापालाई गिरफ्तार ...

      काठमाडौं, ७ जेठ। नेकपा एमालेका नेता एवं पूर ...

    गृहमन्त्री लामिछानेल ...

    काठमाडौं, ७ जेठ। कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रध ...

    हेलिकोप्टर दुर्घटनाम ...

      काठमाडौँ, ७ जेठ। हेलिकोप्टर ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल