सर्लाही, २८ मंसिर । सर्लाही प्रहरीले प्रतिवन्धित लागुऔषध सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गोडैता नगरपालिका १२ मधुवनी गाउँबाट ९ सय एम्पुल लागूऔषध नाईट्रोभेट सहित रामनगर गाउँपालिका ५ का २९ वर्षीय राजेश कुमार यादवलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३–०२–०३१ प २७८१ नम्बरको मोटरसाइमा आएका यादवलाई शंका लागि खान तलासि गर्दा लागुऔषध फेला पारेको प्रहरीले जानकारी दिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।