सिरहा, २७ मंसिर । सिरहाको धनगढीमाई नपा १३ बाट दुई महिनाको अवधिमा ५ वटा खसि चोरी भएको छ । असोजको अन्तिम हप्ताबाट सुरुभएको खसि चोरी आईतबारसम्ममा ५ पुगेको हो ।
रातको समयमा आएका चोरहरुले गोठबाटै खसि चोरेर लग्ने गरेको स्थानीय महेश्वर श्रेष्ठले जानकारी दिए ।
धनगढीमाई नपा १३ तितुङटोेलका सूर्य तितुङ, सोमे मोक्तान, भर्लेनीका दिपक खड्का, एमनाथ गेलाल र नायक तामाङ्गको खसि चोरी भएको स्थानीय जनाएको छ । चोरी भएका सवैखसीहरु २५ केजीभन्दा माथि वजन रहेको जनाएको छ ।
पटक पटक खसि चोरी भएपछि स्थानीय प्रहरीलाई खवर गरेपनि चाँसो नदेखाएको गाउँलेको गुनासो छ ।