पाकिस्तानमा प्रहरी र न्यायपालिका सवैभन्दा भ्रष्ट संस्थाः ट्रान्सपरेन्सी इन्टरनेसनल पाकिस्तान

    • मंसिर २४, २०७८
    • ३९८ पटक पढिएको
    • न्युज कारखाना
    alt

    एजेन्सी

    इस्लामाबाद, २४ मंसिर ।  पाकिस्तानमा प्रहरी र न्यायपालिका देशकै भ्रष्ट संस्था भएको एउटा सर्वेक्षणले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल पाकिस्तान (टीआईपी) ले गरेको एउटा वृहत सर्वेक्षणले प्रहरी र न्यायपालिका देशको सवैभन्दा भ्रष्ट संस्था भएको देखाएको हो । प्रहरी र न्यायपालिकापछि टेन्डर तथा ठेकदारसम्बन्धी संघ/ संगठन देशकै तेस्रो भ्रष्ट संस्था रहेको टीआईपीले जनाएको छ । दैनिक रुपमा सर्वसाधारणले सामना गरेको गतिविधिका आधारमा सो सर्वेक्षण तयार पारिएको हो । laxmi lugadhune sabun  

    सर्वेक्षणअनुसार देशका ८५ दशमलव ९ प्रतिशत मानिसहरुले केन्द्रीय सरकारप्रति असन्तुष्ट छन् । त्यस्तै, पाकिस्तानको ठूलो जनसंख्या अर्थात ७२ दशमलब ८ प्रतिशतले सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार तल्लो तहसम्म पुगेको बताएका छन् । 

    सर्वेक्षणअनुसार इमरान खानले नेतृत्व गरेको पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) सरकारको शासनकालमा अहिलेसम्मकै बढी मुल्यवृद्धि भएको जनाइएको छ । पछिल्लो तीन वर्षमा आफ्नो आम्दानी निरन्तर घटिरहेको ८५ दशमलब ९ प्रतिशत पाकिस्तानीले गुनासो गरेको सर्वेक्षणमा उल्लेख छ । 

    टीआईपीले भ्रष्टाचार र आर्थिक अनियमितताबारे अहिलेसम्म पाँच पटक सर्वेक्षण गरेको छ । पछिल्लो पटक सन् २०११ मा सर्वेक्षण गरेको टीआईपीले १० वर्षको अन्तरालपछि देशका चारै प्रान्तहरुमा यही अक्टोबर महिनामा देशव्यापी सर्वेक्षण गरेको थियो । 

    pk-farnichar GBR
     

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल