भारतीय रक्षा प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

    • मंसिर २२, २०७८
    • २८५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एजेन्सी

    काठमाडौं, २२ मंसिर । भारतीय रक्षा प्रमुख (चीफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई-सीरीज हेलिकोप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।bharat 1`

    वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो ।

    घटनास्थलबाट तीन जनाको उद्धार गरेर अस्पताल लगिएको छ । केही शव जलेको अवस्था फेला परेको र अन्यको खोजी कार्य चलिरहेको छ । उद्धारका लागि वायुसेनाको टुकुडी, प्रहरी र स्थानीय खटिएका छन् । दुर्घटनामा परेका रक्षा प्रमुख रावतको अवस्था अज्ञात छ ।

    इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ । 

    pk-farnichar GBR

    अख्तियारको कर्मचारी ...

    सिरहा, ६ जेठ। अख्तियारको कर्मचारी हुँ भन्दै विद्या ...

    संसदीय छानबिन समितिक ...

    काठमाडौ, ६ जेठ। प्रमुख चार दलबीच सहकारी ठगी प्रक ...

    उच्च शिक्षा सुधारको ...

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्प ...

    ईंटा व्यवसायीको समस् ...

    बर्दिवास, ५ जेठ। नेकपा एमाले मधेश प्रदेश संसदीय दल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल