कोरोना बिरुद्धको पुर्ण खोप प्रदेश २ मा ३० प्रतिशतले लगाए

    • मंसिर २२, २०७८
    • ३३५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फाइल फोटो ।

    जनकपुर, २२ मंसिर । प्रदेश २ मा ३० प्रतिशतले कोरोना बिरुद्ध बिरुद्धको पुर्ण खोप लगाएका छन् । प्रदेश २ को ८ वटै जिल्लामा मङ्सिर २१ गतेसम्म ३० दशमलव ४३ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको हो ।
    सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौटहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएको प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए ।
    कोरोना भाइरसको सङ्क्रमण कायमै रहेपनि ग्रामिण भेगमा अझै कोरोना बिरुद्धको खोप लगाउन डराईरहेकाले प्रदेश २ मा मात्र ३० प्रतिशत नागरिकले कोरोना बिरुद्धको पुर्ण खोप लगाएको निर्देशक झाको भनाई रहेको छ ।
    यस्तै कोरोना भाइरस नयाँ स्वरुपमा भारतमा फैलिन थालेपछि नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको छ । सीताराम विवाह पञ्चमी महोत्सवमा भारतबाट आउने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनका लागि सीमानाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको हो ।

    व्यवासायीको माँगप्रत ...

    सिरहा, ७ जेठ। एनआइसी एसिया बैंक गोलबजार शाखाले गरेको बद ...

    गगन थापालाई गिरफ्तार ...

      काठमाडौं, ७ जेठ। नेकपा एमालेका नेता एवं पूर ...

    गृहमन्त्री लामिछानेल ...

    काठमाडौं, ७ जेठ। कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रध ...

    हेलिकोप्टर दुर्घटनाम ...

      काठमाडौँ, ७ जेठ। हेलिकोप्टर ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल