जनकपुरमा आज धूमधामका साथ विवाह पञ्चमी मनाइँदै

    • मंसिर २२, २०७८
    • ४६५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुरधाम, २२ मंसिर / जनकपुरमा रामजानकी विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण राम र सीताको स्वयम्वर र विवाह आज हुँदैछ । पौराणिक कालमा सीतारामको विवाह भएको सम्झनास्वरुप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने विवाहपञ्चमी महोत्सवअन्तर्गत आज छैटौं दिन दिउँसो १ बजे स्थानीय रंगभूमि मैदान बाह्रबिघामा स्वयम्वर र आजै राति जानकी मन्दिर परिसरमा वैवाहिक कार्यक्रम रहेको जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए ।

    आज दिउँसो राम मन्दिरबाट रामको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रंगभूमि मैदानमा पुगिन्छ र त्यहाँँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल घरगाउँले समूह वा माइती पक्षद्वारा स्वागत अभिवादन गर्ने परम्परा छ । त्यसपछि राममन्दिरको डोलालाई जानकी मन्दिरका डोलाले पाँचपटक परिक्रमा गराई रामलाई पुष्पमाला अर्पण गरिनेछ । राममन्दिरका महन्थले जानकीलाई माला र आरती पूजनपछि स्वयम्वर सम्पन्न हुन्छ । त्यसपछि राममन्दिरको डोला र जानकी मन्दिरको डोला अगाडि बढ्दै जान्छ, श्रद्धालु भक्तजन पछिपछि लाग्दै जानकी मन्दिर पुग्छन् । राति मिथिला परम्पराअनुसार राम र सीताको वैवाहिक कार्यक्रम हुन्छ ।

    सप्ताहव्यापी मनाइने रामजानकी विवाहपञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
    चाडपर्वकै बेला केही अप्रिय घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्तकुमार रजौरले बताए । सुरक्षाका लागि बाहिरबाट सशस्त्र प्रहरीसहित १५ सय सुरक्षाकर्मी मगाकइएको बताए ।

    विवाहपञ्चमी ड्रेसका साथ साथै सादा पोसाक, पिकेट, मोबाइल गस्तीमा उल्लेखनीय संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने उनले ब

    ताए ।बाह्रबिघा, जानकी मन्दिरलगायतका स्थानलाई सिसिटीभीले समेत निगरानी गरिने व्यवस्था मिलाइएको उनले बताए ।

     

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल