“ओमीक्रोन” विश्वसमुदायकालागि चिन्ताको विषय, सरकारले पूर्व तयारीलाई प्राथमिकता दिनुपर्छ

    • मंसिर १३, २०७८
    • ५२९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    डा. सरोज रोशन दास

    दक्षिण अफ्रिकामा भेटिएको कोभिड–१९ को नयाँ भेरिएन्ट “ओमीक्रोन” फेरि पनिविश्व समुदायकालागि चिन्ताको विषय बनेको छ । पछिल्लो सातापहिलो पटक रिपोर्ट गरिएको यस नयाँ भेरिएन्टलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ल े“भेरिएन्ट अफकन्सर्न” का रुपमा वर्गीकृत गरेको छ । भेरिएन्ट अफकन्सर्न अर्थात अन्य भेरिएन्टका तुलनामा धेरै संक्रामक र छिटो फैलन सक्ने बताइएको छ ।
    यो लेख तयार पार्दासम्म ओमीक्रोन भेरिएन्ट दक्षिण अफ्रिकाबाहेक युनाइटेड किंगडम, बोत्स्वाना, हङकङ, बेल्जियम, अस्ट्रेलिया र इजरायललगायत अन्य अफ्रिकी र युरोपेली देशहरुमा समेत देखा परेको बताइएको छ । तर नेपाल र छिमेकीमुलूक भारतमा भने अहिलेसम्म नयाँ भेरिएन्टको कुनै पनि संक्रमित भेटिएका छैनन् । तर संक्रमित नभेटिएको भन्दैमा नेपालमा यो भेरिएन्टको कुनै पनि संक्रमित छैन भन्नमिल्ने अवस्थाभने छैन । परिक्षण गर्दैजाँदा यस भेरिएन्टका संक्रमितपनि भेटिन सक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने आवश्यक्ता छ ।
    हालसम्म विश्वस्तरमा उपलब्ध एपीडोमियोलजिकल र क्लिनिकल प्रमाणहरूलाई अध्ययनगर्दा ओमीक्रोन भेरिएन्ट अत्यधिक संक्रामक देखिएको छ । ओमीक्रोन भेरिएन्टमा स्पाइकप्रोटिनमा धेरै संख्यामा उत्परिवर्तन (म्यूटेसन) हुँदा यो चिन्ताको विषय बनेको हो ।
    कुनै पनि भाइरसले धेरै म्यूटेसन गर्दा त्यसको संक्रमण गराउन सक्ने क्षमता बढ्न र त्यसको विरुद्ध लगाइने खोपको प्रभावकारितामा पनि प्रभाव पर्न सक्छ । हाल उपलब्ध कोरोना विरुद्धका भ्याक्सिन (खोप) हरु मुख्यतयाः स्पाइकप्रोटिनलाई लक्षित गरेर बनाइएको कारण ओमीक्रोन भेरिएन्टले खोपबाट बनेको एन्टिबडी पहिचान नगर्न पनि सक्छ । यसले हामीले लगाएको खोपबाट निर्मित एन्टीबडीलाई छल्यो भने अवस्था भयावहहुन सक्छ र खोप लगाएका र एन्टीबडी विकास गरिसकेका व्यक्तिपनि संक्रमितहुन सक्छन ।
    यद्यपि यो नयाँ भेरिएन्टमा खोप लगाएका वा प्राकृतिक रूपमा कोरोनाबाट निको भइसकेका व्यक्तिमा रहेको एन्टिबडीबाट बच्ने क्षमता छ कि छैन भन्ने अझै स्पष्ट भइसकेको छैन । यसलाई बुझ्नअँझै केहि हप्ता समय लाग्न सक्छ ।
    अध्ययन अनुसार यस भेरिएन्टको संक्रमण दरको गणना २ रहेको छ जुन डेल्टा (१.६४) भन्दापनि बढी छ । अहिलेसम्म यसको रोग प्रतिरोधात्मक क्षमता अथवा गम्भीरता थाहापाउन पर्याप्त तथ्यांक पनि हामीसँग छैन । त्यस्तै यसबाट हुन सक्ने मृत्युदर बुझ्न पनि हामीलाई कम्तिमा १० देखि १५ दिनसम्मकुर्नु पर्ने हुन्छ । यद्यपी दक्षिण अफ्रिकाबाट आएका तथ्यांकलाई हेर्दा यसको संक्रमण दर धेरै उच्च छ ।
    नेपाललगायत कयौँ राष्ट्रहरुले अफ्रिकी र संक्रमण देखिएको देशहरुबाट आवागमन बन्द गर्ने घोषणा गरेका छन् र सावधानी बढाएका छन् । डब्ल्यूएचओले पनिनयाँ भेरिएन्ट संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपालसहित दक्षिण पूर्वी एसियाका देशहरूलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।
    नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आम मानिसलाई सावधानी अपनाउन सल्लाह दिएको छ । किनभने नेपालमा संक्रमण दर कमभएसँगै यहाँ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन छोडिएको छ । ओमिक्रोन भेरिएन्टबाट जोगिन हामीले समय–समयमा साबुनपानिले २० सेकेन्डसम्म हातधुने, सेनीटाईजरको प्रयोग गर्ने, मास्क र पञ्जालगाउने, भिडभाडमा नजाने, भौतिकी दुरी कायम गर्ने र उपलब्ध भए अनुसार खोप लगाउने कार्यलाई प्राथमिकताका साथ पालना गर्नुपर्ने हुन्छ ।
    त्यसैगरि सरकारले पनि यसअघि नेपालमा भित्रिएका दुई लहरको प्रभावबाट पाठ सिक्दै पूर्व तयारी तर्फ लाग्नआवश्यक छ । अफ्रिकी र संक्रमण फैलिएका देश मात्र नभइ जुनसुकै देशबाट आउने व्यक्तिको कडाईका साथ जाँचगर्दै क्वारेनटिन र आइसोलेट गर्ने, खुल्ला रुपले भारतबाट आवागमन हुने स्थानमा रहेका हेल्थ डेस्कहरुलाई पुनःचुस्त बनाउने, स्वास्थ्य प्रणालीमा रहेका कमजोरीहरुलाई समयमा सुधार गर्ने, स्रोत, साधन र तालिमप्राप्त जनशक्तिको व्यवस्थापन गर्ने जस्ता विषयतर्फ पनि सरकारको ध्यान जानुपर्दछ ।
    कोरोनाको पहिलो र दोस्रो लहरमा स्रोत र जनशक्ति आभावका कारण धेरै संक्रमितले ज्यानगुमाउनु परेको थियो । यस पटक सजकताका साथ सरकारले पूर्व तयारीलाई आफ्नो प्रमुख प्राथमिकता बनाउनु पर्दछ ।

    (डा. दास वीरगञ्जस्थित नारायणी अस्पतालमा कोभिड संयोजकका रुपमाकाम गरिसकेका छन् । उनिहालपनित्यहाँकन्सल्टेन्ट फिजिसियनका रुपमाकार्यरत छन् ।)

    व्यवासायीको माँगप्रत ...

    सिरहा, ७ जेठ। एनआइसी एसिया बैंक गोलबजार शाखाले गरेको बद ...

    गगन थापालाई गिरफ्तार ...

      काठमाडौं, ७ जेठ। नेकपा एमालेका नेता एवं पूर ...

    गृहमन्त्री लामिछानेल ...

    काठमाडौं, ७ जेठ। कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रध ...

    हेलिकोप्टर दुर्घटनाम ...

      काठमाडौँ, ७ जेठ। हेलिकोप्टर ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल