विभिन्न देशले प्रतिबन्ध लगाएपछि दक्षिण अफ्रिकी राष्ट्रपतिले भने– हामीमाथि विभेद भयो

    • मंसिर १३, २०७८
    • २४८ पटक पढिएको
    • गमक पाेस्ट

    एजेन्सी

    केप टाउन, १३ मंसिर । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले कोभिडको नयाँ भेरियन्टलाई कारण देखाउँदै आफ्नो देश र अन्य छिमेकीविरुद्ध याात्रा प्रतिबन्ध लगाउने कदमको विरोध गरेका छन् । यात्रा प्रतिबन्ध अनावश्यक भन्दै तत्कालै हटाउनसमेत सम्बन्धित देशहरुलाई उनले आग्रह गरेका छन् ।

    ‘प्रतिबन्धका कारण दक्षिण अफ्रिका दुःखी छ,’ उनले भने । दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको उनले बताए ।

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि बेलायत, अमेरिका, हङकङ, इजरायल, युरोपेली युनियनमा आबद्ध देशसहित दर्जनौ देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।

    हाल प्रचलनमा आइरहेका कोभिड खोपले नयाँ भेरियन्टलाइ काम नगर्ने विज्ञहरुले बताउँदै आएका छन् । यसबारेमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले थप अनुसन्धान गरिरहेको छ ।

    दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट अन्य देशहरुमा पनि फैलिन थालेपछि विभिन्न देशले आफ्नो सीमा बन्द गरेका छन् । 

    ओमिक्रोन अहिले भारत, बेलायत, जर्मनी, अस्ट्रेलिया र इजरायललगायत  विश्वका विभिन्न देशमा भेटिएको छ ।
     

    मिर्चैयाका आगलागी पी ...

    सिरहा, ६ जेठ। मिर्चैया नगरपालिका ३, सिसबोनीका आगलागी पी ...

    भारत जानलागेका सिरहा ...

    जनकपुरधाम, ६ जेठ। धनुषाबाट चार जना किशोर किशोरी उद्धा ...

    अख्तियारको कर्मचारी ...

    सिरहा, ६ जेठ। अख्तियारको कर्मचारी हुँ भन्दै विद्या ...

    संसदीय छानबिन समितिक ...

    काठमाडौ, ६ जेठ। प्रमुख चार दलबीच सहकारी ठगी प्रक ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल