हत्याको धम्कीपछि भाजपा नेता गौतमको निवासमा सुरक्षा बढाइयो

    • मंसिर ९, २०७८
    • २६६ पटक पढिएको
    • गमक पाेस्ट

      एजेन्सी

    नयाँ दिल्ली, ९ मंसिर ।  आइएसआइ कश्मीरले भारतीय जनता पार्टी (भाजपा) का नेता गौतम गम्भीरलाई हत्या गर्ने धम्की दिएको छ । पूर्वक्रिकेटरसमेत रहेका गौतमलाई कश्मीरमा सशस्त्र द्धन्द्ध मच्चाइरहेका आइएसआइका लडाकुले हत्या गर्ने धम्की दिएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।

    गौतमलाई सो समूहले मंगलबार राती एउटा इमेल पठाएर परिवार र उनलाई हत्या गर्ने चेतावनी दिएको थियो ।
     
    धम्कीपछि उनले त्यसबारे सुरक्षाकर्मीलाई जानाकारी गराएका थिए । प्रहरीले उनको नयाँ दिल्लीस्थित निवासमा सुरक्षा सर्तकता कडा पारिएको छ । ४० वर्षीय गौतम भाजपाका केन्द्रीय सदस्य हुन् । उनी सन् २०१९ मा सम्पन्न लोक सभा निर्वाचनमा भाजपाका तर्फबाट निर्वाचित भएका थिए ।

    आफूलाई राष्ट्रवादीको छवि बनाएका गौतम कश्मीरको अतिवादी गतिविधिको प्रखर आलोचक हुन् । दिल्ली प्रहरीका उपकमिसनर श्वेता चौहानले भनिन्, ‘गौतमाथि अतिवादीले दिएको धम्कीबारे हामीले अनुसन्धान गरिरहेका छौं । उनको निवासमा सुरक्षकर्मी परिचालन गरेका छौं ।’

    अख्तियारको कर्मचारी ...

    सिरहा, ६ जेठ। अख्तियारको कर्मचारी हुँ भन्दै विद्या ...

    संसदीय छानबिन समितिक ...

    काठमाडौ, ६ जेठ। प्रमुख चार दलबीच सहकारी ठगी प्रक ...

    उच्च शिक्षा सुधारको ...

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्प ...

    ईंटा व्यवसायीको समस् ...

    बर्दिवास, ५ जेठ। नेकपा एमाले मधेश प्रदेश संसदीय दल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल