ताइवानको स्वतन्त्रताबारे नबोल्न अमेरकालाई चीनको अर्को चेतावनी

    • मंसिर ९, २०७८
    • २७१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एजेन्सी

    ताइपेय, ९ मंसिर । चीनले ताइवानलाई अनावश्यक महत्व नदिन र उसको स्वतन्त्रताबारे नबोल्न अमेरिकालाई चेतावनी दिएको छ । लोकतन्त्रका लागि अमेरिकाले आयोजना गरेको शिखर सम्मेलनमा ताइवानलाई निम्तो दिएपछि चीनले सो चेतावनी दिएको हो । अमेरिकी निम्तोको कडा शब्दमा विरोध गर्दै चीनका  विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजियानले अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध हुनु पर्ने सुझाव दिएका छन् । 

    यही ९ र १० डिसेम्बरमा आयोजना हुने भर्चुअल सम्मेलनमा अमेरिकाले ताइवानसहित ११० देशलाई बोलाएको छ । तर, चीन, रुस, अफगानिस्तानलगायत केही देशलाई भने बोलाएको छैन् ।  
    ताइवानले अमेरिकी निम्तोको स्वागत गर्दै उसले वर्षौंदेखि प्रजातान्त्रिक मूल्य र मानव अधिकारको रक्षा गर्दै आएको जनाएको छ ।

    चीनका दर्जनौं लडाकु जहाज ताइवानको सुरक्षा क्षेत्रनजिक उडेपछि ताइवान र चीनबीचको तनाब बढिरहेको छ । विवादमा अमेरिका पनि तानिएको छ । ताइवानको सुरक्षा क्षेत्रमा चीन गैरकानुनी ढंगले प्रवेश गरेको भन्दै अमेरिकाले त्यसको विरोध गर्दै आएको छ । चीनले ताइवानलाई हमला गरे त्यसको प्रतिकार गर्ने अमेरिकाले बताउँदै आएको छ । 

    केही साताअघि अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमन्डलले ताइवानको भ्रमण गरेको थियो । भ्रमणको चीनले विरोध गरेको थियो । चीनले ताइवानलाई आफ्नो अभिन्न क्षेत्रको रुपमा व्यवहार गर्दै आएको छ । तर, ताइवानले आफूलाई सधै स्वतन्त्र र सार्वभौम मुलुक सम्झन्छ ।
     

    भारत जानलागेका सिरहा ...

    जनकपुरधाम, ६ जेठ। धनुषाबाट चार जना किशोर किशोरी उद्धा ...

    अख्तियारको कर्मचारी ...

    सिरहा, ६ जेठ। अख्तियारको कर्मचारी हुँ भन्दै विद्या ...

    संसदीय छानबिन समितिक ...

    काठमाडौ, ६ जेठ। प्रमुख चार दलबीच सहकारी ठगी प्रक ...

    उच्च शिक्षा सुधारको ...

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल