रौतहट, २९ कात्तिक । रौतहटमा एकै परिवारका दुई बालकहरुको विषका कारण मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको विष सेवानका कारण मृत्यु भएको हो ।
उनीहरुको सुरुमा गरुडामा उपचार भएपनि त्यहाँ सम्वभ नभएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै ज्यान गएको जनाएको छ ।
घटना संकास्पद भएको बताइएको छ । बालकहरुलाई रिसिवीका कारण स्थानीयले नै विष ख्वाएको परिवारजनको आरोप छ । प्रहरीले यस घटनालाई शंकास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी एसपी विनोद घिमिरेले बालकहरुको विषका कारण मृत्यु भएको भएपनि घटना श्ंकास्पद भएको जनाएको छ । उनले घटनालाई हामीले गम्भिरतापूर्वक अनुसन्धान गरिरहेको जनाए । बालकहरुलाई कसले किन विष दियो भन्ने विषयमा प्रहरीले गम्भीर रुपमा छानबिन थालेको बताएको छ ।